जन्मदिनमा मानव सेवा आश्रममा भोजनदान

प्रकाशित मिति:

बुटवल । लायन्स क्लव अफ बुटवल देउरालीका अध्यक्ष ज्ञानप्रसाद पौडेलले आफ्नो जन्मदिन मानव सेवा आश्रम बुटवलमा आश्रित असहायलाई भोजन गराएर मनाएका छन् । पौडेलले आफ्नी आमा रेवतीदेवी पौडेलको स्मरणमा आश्रममा आश्रितलाई भोजन दान गरेका हुन् ।

कार्यक्रममा लायन्स इन्टरनेसनल ३२५ पी का नवनिर्वाचित प्रथम भाइस गभर्नर अर्जुनमान सैंजु, पुरूषोत्तमभक्त पधानाङ्ग , एरिया ४ का चिफ जीवन गौतम लगायतले मानवीय सेवा कार्य गरेर जन्म दिन मनाउनु सराहनीय काम भएको बताए । क्लबका अध्यक्ष ज्ञानप्रसाद पौडेलको अध्यक्षता, कार्यक्रम संयोजक मणिराम पौडेलको स्वागत, सचिव कृष्णप्रसाद भन्डारीको संचालन र रमेश पान्डेको धन्यवाद ज्ञापनमा कार्यक्रम सम्पन्न भएको थियो । होटेल रेष्टुरामा गएर जन्म दिन मनाउनु भन्दा असहायहरुलाई सक्दो सहयोग गरेर जन्मदिन मनाउनुको बेग्लै आनन्द हुने अध्यक्ष पौडेलले बताए ।