अर्घाखांची–ठूलापोखरा सम्पर्क समाजमा नयां नेतृत्व

प्रकाशित मिति:

बुटवल । अर्घाखांची–ठूलापोखरा सम्पर्क समाज बुटवल रुपन्देहीको ११औं साधारण सभा छैठौं अधिवेशनबाट नेत्रप्रसाद पाण्डेको अध्यक्षतामा नयां नेतृत्व चयन भएको छ ।
सर्वसम्मत रुपमा चयन भएको समाजको वरिष्ठ उपाध्यक्षमा ज्ञानप्रसाद पौडेल,उपाध्यक्षमा टिकाराम बन्जाडे,सचिवमा ऋषिराम भट्टराई र कोषाध्यक्षमा लक्ष्मण रेग्मी निर्वाचित भएका छन् ।

यस्तै सहसचिवमा सुरेशचन्द्र भट्टराई, सहकोषाध्यक्षमा गोबिन्द बन्जाडे, तथा सदस्यहरुमा युवराज पाण्डे,ताराप्रसाद पाण्डे,सीता भट्टराई, तुलसी पाण्डे,कृष्णप्रसाद आचार्य, छविलाल पाण्डे,केशवराज न्यौपाने र भेषराज पौडेल चयन भएका छन् । साधारण सभाको उद्घाटन सत्रमा सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलका मेसु डा.राजेन्द्रप्रसाद बस्याल,पुर्व मेसु डा. केशव शर्मा,प्रकाश राना लगायतले बोल्दै समाजले गरेका काम सराहनीय रहेको बताए ।कार्यक्रममा ७० वर्षमाथिका जेष्ठ नागरिक,एसईईमा उत्कृष्ट अंक ल्याएका ६ जना र अपांगता भएका एकजनालाई नगदसहित सम्मान गरिएको थियो । समाजका अध्यक्ष गणेशप्रसाद भट्टराईको अध्यक्षता, टिकाराम बन्जाडेको सञ्चालन,सुरेशचन्द्र भट्टराईको स्वागत र ज्ञानप्रसाद पौडेलको धन्यवाद ज्ञपनमा भएको थियो ।