सैनामैना खानेपानीको ८औँ साधारण सभा सम्पन्न

प्रकाशित मिति:

सुरेश परियार/सैनामैना खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सैनामैनाको आठौँ साधारण सभा आईतबार एक कार्यक्रमका विच सम्पन्न भएको छ । साधारण सभालाई लुम्बिनी प्रदेश शिक्षा,विज्ञान,युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँले उद्घाटन गर्दै आम नागरिकले शुद्ध पानी पिउनुपर्ने बताए ।

मन्त्री खाँले मानव जिवनका लागी शुद्ध पानी अपरिहार्य भएका कारण पिउने पानीको अभावमा विभिन्न समस्या उत्पन्न हुने बताए ।प्रत्येक उपभोक्तालाई सर्वसुलभ तथा छरितो तरिकाले पानी दिनुपर्नेमा जोड दिदैै लुम्बिनी प्रदेशबाट आवश्यक सहयोग रहने मन्त्री खाँको प्रतिबद्धता रहेको थियो ।यस्तै,कार्यक्रममा नेपाली कांग्रेसका रुपन्देही जिल्ला पुर्व उपसभापति फणिन्द्र प्रसाद शमाले स्वस्थ र निरोगी बन्न पानीको आवश्यकता रहेको बताए । जनताले शुद्ध पानी पाउनुपर्ने अधिकार भएको शर्माले बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष कविराम कुंवरले वार्षिक प्रतिवदेन प्रस्तुत गर्दैै सस्थाले आम उपभोक्तालाई शुद्ध पानी पुर्योएको बताउदै पाइपलाइन विस्तारलाई समेत तिव्रता दिएको बताए ।पानीको पहँचका लागी गरिव तथा विपन्न परिवारलाई निःशुल्क धारो जडान गरेको अध्यक्ष कुंवरले बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र सैनामैनाका अध्यक्ष मान बहादुर महत,खानेपानी महासंघ जिल्ला अध्यक्ष धु्रर्व कुमार धिताल,सैनामैना वडा न.१का वडा अध्यक्ष केयरसिंह गलामी लगायतले बोलेका थिए ।कार्यक्रममा संस्थाका कोषाध्यक्ष धन बहादुर थापाले आर्थिक प्रतिवेदन पेश गरेका थिए भने संस्थाका सचिब रेशम खांण्डले कार्यक्रमको सञ्चालन गरेका हुन् ।सामुदायिक वनको प्राङगणमा भएको कार्यक्रममा सास्कृतिक प्रस्तुती समेत प्रस्तुत भएको सस्था ब्यवस्थापक सुमन परियारले जानकारी दिए ।