इन्सेक लुम्बिनी प्रदेशद्धारा लुम्बिनी प्रदेश सरकारलाई बुझायो मानव अधिकार रक्षक विधेयक
रीमा बि.सी./बुटवल-अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनीप्रदेशले चैत २ गते मानवअधिकार रक्षकको सुरक्षा र संरक्षण सम्बन्धीविद्येयक २०७८ लुम्बिनीप्रदेश सरकारका मुख्यन्यायधिवक्ता श्रीकृष्ण सुवेदीलाई बुझाएको छ ।विद्येयकलाई इन्सेक लुम्बिनी प्रदेशका प्रमुख भोला महतले मुख्यन्यायधिवक्ताको कार्यालय बुटवलमा राष्टियमानव अधिकार आयोग लुम्बिनी प्रदेश प्रमुख र पत्रकारहरुको रोहवरमा बुझाउनु भएको हो ।

विधेयकलाई बुझ्दै मुख्य न्यायधिवक्ता श्रीकृष्ण सुवेदीले मानव अधिकार रक्षक को देनको कारण सशस्त्र द्धन्द्धमा पनि कमक्षति भएको बताउदै आफ्नो ज्यानको बाजी राखेर अरुको निम्त्तिका मगर्ने मानवअ धिकार रक्षकहरुको सुरक्षा र संरक्षणका विषयमा सरकार त्यति संवेदनशिल नदेखिएको बताउनुभयो ।सुवेदीले आफुले मरिमेटेर कामगर्ने, तीनै तहका सरकारलाई घचघचाउने,खबरदारी गरी कामगर्ने कानिम्त्ति राज्यले केहीगर्न नसकेकोले उनीहरुको सम्मान र सहयोग कालागि इन्सेकको पहलमा पहिलैदेखि छलफल भैरहेको र यस विषयमाप्रदेश सरकारमाछलफल गरेर अगाडी बढाउन सकिने बताउनुभयो ।

मुख्यन्यायधिवक्ता सुवेदीले भन्नुभयो “मप्रदेश सरकारको प्रमुखकानूनी सल्लाहकार भएको र कार्यदलको पनि संयोजकभएकोले यस विधेयकलाई प्रदेश सरकारको सम्पत्तिको रुपमाग्रहण गरेको र छिट्टै यो विषयमा मन्त्रालयमा छलफल गरेर संसदमा पेश गर्नका लागि पहलगर्ने बताउनुभयो ।विधेयक मानवअधिकारसँग सम्बन्धितभएकाले एकदुई चरणछलफलगी परिमार्जन गरेर अगाडीबढाइने भन्दै प्रदेश सरकारलाई आवश्यक पर्ने झण्डै एक सय पचास वटाविधेयकमध्ये तत्कालै गर्नुपर्ने १५ ओटाविधेयक रहेको र यसभित्रमानवअधिकार रक्षकको सुरक्षा र संरक्षण सम्बन्धिविधेयकपनि परेकोले संसद सुरु भएपछि संसदमा टेवलकालागि अगाडी बढाउन पहलगर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनीप्रदेश प्रमुख सन्तोष आचार्यले मानवअधिकार रक्षकको सुरक्षा र संरक्षणमालुम्बिनीप्रदेश पहिलो रहेकाले यसलाई यसमाभएकाकमीकमजोरीहरु सुधार गरेर यसलाई अगाडीबढाउनआग्रहगर्नुभयो । उहाँले राष्टियमानवअधिार आगोले पनिप्रत्येक ३ वर्षमा देशभरीकामानवअधिकार रक्षकहरुको संम्मेल गर्दे आइरहेको र उनीहरुको सुरक्षा र संरक्षणको विषयलाई संवेदनशिल रुपले अगाडीबढाउन सकिन्छ भन्ने विषयमाआयोग सक्रिय रुपमालागेको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीकाउपाध्यक्ष अमृताअनमोलले अरुको आवाजउठानगर्ने, अरुको आवाजभएर बोल्ने, आफुले जोखिममोलेर आरुको निम्त्तिखम्वाबन्ने मानवअधिकार रक्षकरुको सुरक्षा र संरक्षणकानिम्त्ति यो विधेयकमहत्वपूर्ण भएकोले यसलाई प्रदेश सरकारले संवेदनशिलभएर यस विधेयकलाई टेवलगर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममाइन्सेक लुम्बिनीप्रदेशकाप्रमुखभोलामहतले अग्रपंतिमा रहेर कामगर्ने मानवअधिकार रक्षकहरुको सुरक्षा र संरक्षणको लागिकानूननिर्माणगर्न सक्यो भने मानवअधिकार रक्षकहरुको हौसलाबढने र मानवअधिकार संस्कृतिको विकासमा सहयोग पुग्ने बताउनुदै यो विधेयकलाई प्रदेश सरकारले संवेदनशिल रुपमालिएकाले आफुहरु बिधेयक टेवलहुने कुरामाढुक्कभएको बताउनुभयो ।कार्यक्रम इन्सेक जिल्लाप्रतिनिधि रीमा बि.सीेको संचालनतथाप्रदेश प्रमुखभोलामहतको अध्यक्षतामा सम्पन्नभएको थियो ।












