वालिङःवालिङ नगरपालिका भित्रका कुखुरापालक कृषकहरुका लागि एड्भान्स तालिम दिन शुरु गरिएको छ । लामो समय देखि कुखुरा पालन गर्दै आएका कृषक तथा उद्यमीहरुलाई कुखुरापालनबाट राम्रो आम्दानी गराउने तथा लागत कम हुने खालका तरिका सिकाउन बिशेष तालिम सञ्चालन गरिएको हो ।वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो सस्थाको व्यवस्थापनमा वालिङमा “ कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’ अन्तर्गतव्यवशायीक कुखुरा पालन सम्बन्धी ३ दिने तालिम सुरु भएको हो ।
कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बाबुराम साप्कोटाले व्यशायीक कुशल सीपका कारण राम्रो आम्दानी गर्न सकिने बताउनु भयो । मानिसको व्यवहारमा नै समस्या रहेको भन्दै समस्या समाधान गर्ने खालका सीप सिक्न आवश्यक रहेको बताउनु भयो । स्थानीय स्रोत साधनको उपयोग गर्ने गरी कुखुरापालन गर्नु पर्नेमा उहाँको जोड छ ।कार्यक्रममा बोल्दै नगरपालिकाका लेखा अधिकृत ज्ञान प्रसाद अर्यालले व्यवशायीहरुको व्यशाय प्रवद्र्धन र उत्पादन बढाउनका लागि नगरपालिकाले सहयोग गर्ने बताउनु भयो ।
माग र आवश्यक्ताका आधारमा कुखुरापालन कृषकहरुका लागि बिशेष तालिम सञ्चालन गरिएको भन्दै साझेदार दियालो संस्थाका अध्यक्ष कविता तिवारीले कृषकहरुका लागि आवश्यक पर्ने सीपमुलक तथा व्यवशाय प्रवद्र्धन गर्ने तालिम प्रदान गरिने जानकारी दिनुभयो ।कार्यक्रममा पशुसेवा शाखा प्रमुख डाक्टर बसन्त अधिकारीले कुखुराको आयातलाई घटाउने गरी व्यवशाय सञ्चालन गर्नु पर्ने बताउनु भयो । तालिममा डाक्टर अधिकारी सहित डाक्टर दीपक सुवेदीले प्रशिक्षण दिनुहुनेछ ।












