गुल्मीको चन्द्रकोटमा निशुल्क स्वास्थ्य शिबिर संचालन

प्रकाशित मिति:

कञ्चन/लायन्स क्लब अफ कञ्चन हरैयाले गु्ल्मीको चन्द्रकोट गाउपालिकामा निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ।लायन्स क्लब अफ कञ्चन हरैयाको सहकार्यमा स्वर्गीय लिलाधर पौडेल र स्वर्गीय उमाकला पौडेलको स्मृतिमा छोराहरु रघुनाथ पौडेल,निर्मला पौडेल र डा।गोकुल पौडेलले चन्द्रकोट गाउपालिका वडा नं।८ स्थित तुराङ्गमा बृहत् स्वास्थ्य शिबिर संचालन गरिएको हो।

निशुल्क स्वास्थ्य शिबिरमा ८ सय ५ जना सेवाग्राहीहरुले सेवा लिएको लायन्स क्लब अफ कञ्चन हरैया बर्ष २०२१र०२२ का कोषाध्यक्ष पि।एन।ज्ञवालीले जानकारी दिनु भएको छ। शिविरमा छाला,हाड जोर्नी,पेट,दांत,आंखाका बिरामीहरुले सेवा लिएका थिए।कार्यक्रममा चन्द्रकोट गाउपालिकाका अध्यक्ष दोर्ण खत्रीले सामजेबीको रुपमा परिचित पौडेल परिवारले आफ्ना स्वर्गीय आमा बुवाहरुको स्मृतिमा निशुल्क स्वास्थ्य शिबिर संचालन गरि ग्रामिण क्षेत्रमा सेवा प्रवाह गरेकोमा धन्यबाद व्यक्त गर्नु भयो। ग्रामिण क्षेत्रमा रहेका मानिसहरुले समयमै स्वास्थ्य सेवा सहज रुपमा लिन नपाउदा सामान्य रोगबाट जटिल बन्दा अकालमै मृत्यु हुनु परेको बताउदै समय समयमा सहयोगी संस्थाहरुले स्वास्थ्य शिबिर संचालन गर्न समेत अध्यक्ष खत्रीले बताउनु भयो।कार्यक्रम पिपलधारा स्वास्थ्यचौकीमा भएको थियो।