बुटवल/नेपाली कांग्रेस छत्रदेव गाउपालिका वार्ड नम्बर ६ वोडा समिती अर्घाखाँचीको आयोजनामा बुटवलमा भेटघाट अन्तरक्रिया तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।नेपाली कांग्रेस छत्रदेब ६ ,ठुलापोखरा-रुपन्देही सम्पर्क समिती गठन गरिएको छ । ७ जना सदस्य सभापतिले प्रथम बैठकद्वारा मनोनीत गर्न सक्ने व्यवस्था रहेको छ मनोनीत सहित कुल ३१ सदस्यीय कार्यसमितिले पुर्णता पाउने छ ।

नेपाली कांग्रेस छत्रदेव-६ का सभापति श्री धनिश्वर पाण्डेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रमका प्रमुख आतिथि नेपाली कांग्रेस लुम्बिनी प्रदेशका कोषाध्यक्ष श्री प्रकाश रानाले विभिन्न ठाउमा सम्पर्क समितीहरु बिस्तार गर्दै जादा संगठन थप मजबुत हुने बताउनुभयो ।कार्यक्रममा विशिष्ट अतिथि नेपाली कांग्रेस अर्घाखाँची( रुपन्देही सम्पर्क समितिका अध्यक्ष तुल्सी भुसाल,उपाध्यक्ष तथा प्रदेश प्रतिनिधि टिकाराम बन्जाडे, नेत्र प्रसाद पाण्डे, गणेश प्रसाद भट्टराई, गोबिन्द प्रसाद बन्जाडे, नेपाली काङ्रेस छत्रदेब(रुपन्देही सम्पर्क समितिका अध्यक्ष भोजराज पाण्डे, सुरेशचन्द्र भट्टराई,तरुणका पुर्व जिल्ला अध्यक्ष नेत्रप्रसाद पौडेल, पर्शुराम पाण्डे लगायतको आतिथ्यता रहेको थियो।वार्ड सभापति धनिश्वर पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन लक्ष्मण रेग्मीले गर्नु भएको थियो।
सामाजिक संजाल लगायतका क्रीयाकलापमा सक्रिय सदस्य दीपक पाण्डे लाई टीका र खादाले सम्मान गरिएको थियो।कार्यक्रमकै अवसरमा नेपाली कांग्रेसको सिद्धान्त र कार्यसैली बाट प्रभावित भई नेकपा एमाले, नेकपा माओवादि केन्द्र तथा विभिन्न पार्टी परित्याग गरि एक दर्जन युवा हरुले नेपाली कांग्रेस गरेका छन भने अन्य केहि स्वतन्त्र युवा हरुले नेपाली कांग्रेसको अधिकारीक सदस्यता समेत लिएका थिए ।
नवप्रबेसी हरुलाई प्रमुख अतिथी तथा लुम्बिनी प्रदेशका कोषाध्यक्ष प्रकाश राना र छत्रदेव(६ का सभापती धनिश्वर पाण्डेले टीका र खादाले स्वागत गर्नु भएको थियो।
कृष्ण प्रसाद पाण्डे को सभापतित्वमा २३ सदस्यीय नया कार्यसमिती सर्वसम्मत गठन भएको छ ।
१सभापति -कृष्ण प्रसाद पाण्डे
२उपसभापति -पोमनारायण आचार्य
३सचीव -खडानन्द भट्टराई
४कोषाध्यक्ष -तुल्सिराम पाण्डे
५सहसचिव -प्रेम पाण्डे
६सहकोषाध्यक्ष-जनार्दन भट्टराई
सदस्यहरु
१सदस्य- सम्झना बस्नेत
२तिलक पाण्डे
३तारा प्रसाद पाण्डे
४धर्मराज पौडेल
५तुलसा पाण्डे
६रेशम बन्जाडे
७माधव पाण्डे
८अमृत भट्टराई
९मित्रलाल बन्जाडे
१०जानका पाण्डे
११ हिमलाल रेग्मी
१२ध्रुव खनाल
१३ कृष्ण प्रसाद पन्थी
१४ कृष्ण पाण्डे
१५ इश्वरी प्रसाद खनाल
१६ पर्शुराम पाण्डे
१७ प्रबिन पौडेल
१८रमेश पौडेल












