रोटरीको बैठकमा क्लासिफिकेशन

प्रकाशित मिति:

बुटवल, २६ चैत । रोटरी क्लव अफ बुटवलको १४०९ औं नियमित बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ । बैठकको एजेण्डा क्लासिफिकेशन रहेको थियो । क्लवका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायको अध्यक्षतामा बसेको बैठकमा व्यवसायी एवं शेयर बजारबारे जानकार नारायण भण्डारीको क्लासिफिकेशन रहेको थियो ।त्यस अवसरमा आफ्नो धारणा राख्दै भण्डारीले आफ्नो व्यावसायिक सफलताबारे जानकारी दिंदै शेयर बजारको बारेमा आफ्ना अनुभवहरु साटासाट गरेका थिए ।

शेयर बजार घट्यो भनेर नियामक निकायलाई गाली गर्नुभन्दा लगानी गर्दा नै विचार पु¥याउनुपर्ने उनले बताए । उनले नराम्रो ‘पोर्टफोलियो’ भएका कम्पनीले शेयर बजार उचालेका कारण आज घट्नुलाई स्वाभाविक भएको बताए । राम्रा कम्पनीमा लगानीकर्ता आएर बजार माथि पुगेको भए यो अवस्था नआउने पनि उनको भनाई छ । बैठकमा रोटरीयनहरु थानेश्वर पौडेल, प्रज्वल थान्जु, लेखनाथ भुसाल, विरेन्द्र रानालगायतले पनि आ आफ्नो धारणा राखेका थिए । त्यस्तै बैठकमा कार्यबाहक सचिव रोम शर्माले झापाको धुलावारीमा भएको डिष्टिक कन्फ्रेन्स र त्यहाँ आयोजित १४०८ औं नियमित बैठकका बारेमा जानकारी गराएका थिए ।