राष्ट्रिय उद्योग व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा पहारी

प्रकाशित मिति:

बुटवल । नेकपा एसको भातृसंगठन राष्ट्रिय उद्योग व्यवसायी संघ रुपन्देहीमा हरि पहारीको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा लक्ष्मण ज्ञवाली, सचिवमा जितबहादुर भाट, सहसचिवमा उमेश ज्ञवाली, कोषाध्यक्षमा नारायण रानाभाट, सहकोषाध्यक्षमा सार्दुल कसौधन चयन भएका छन् ।

त्यस्तैगरी कार्यसमिति सदस्यहरुमा उमेशचन्द्र कसौधन, ववर वली, गुप्तबहादुर खत्री, रोसन गिरी, भुपाल राना, गंगाधर बस्याल, नविन गुरुङ्ग, नबुल गुरुङ्ग, केशव खड्का, नारायण पन्थी र रमेश मल्ल चयन भएका छन् ।नेकपा एसका केन्द्रीय अनुशासन आयोगका सदस्य आदित्यनारायण कसौधनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघका केन्द्रीय महासचिव राजेन्द्र बराल, नेकपा एसका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज डा. बालकृष्ण चापागाईं, नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघका उपमहासचिव ओमप्रताप राणालगायतको सहभागिता रहेको थियो ।नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ लुम्बिनी प्रदेश इन्चार्ज गीता अञ्जानको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघका उपमहासचिव हिराध्वज शाहले गरेका थिए ।