५७ जना नेपाली काग्रेस पार्टिमा प्रबेश

प्रकाशित मिति:

लुम्विनी प्रदेशको दाङ जिल्ला अन्तरगत राप्ती गाउँपालिका वडा नं ७ को छोटकी सिसहनिया गाउँबाट गंगाराम चौधरी सहित पैतिस जना नेपाल कम्युनिष्ट पार्टि एमाले परित्याग गरि नेपाली काग्रेस पार्टिमा प्रबेश गर्नु भएको छ ।सोमवार एक कार्यक्रमका विच लामो समय एमालेमा आवद्ध रहनु भएका गंगाराम चौधरी सहित पैतिस जना नेपाली काग्रेस पार्टिमा प्रबेश गर्नु भएको छ भने स्वतन्त्र रहनु भएका बाईस जनाले नेपाली काग्रेस पार्टिको सदस्यता लिनुभएको छ ।

राप्ती गाउँपालिका वडा नं ७ का वडा सभापति विर बहादुर चौधरीको अध्यक्षतामा भएको पार्टि प्रबेश तथा सदस्यता वितरण कार्यक्रममा कुल ५७ जना नेपाली काग्रेस पार्टिमा प्रबेश गर्नु भएको छ ।
दाङ जिल्ला क्षेत्र नं १ का सभापति भेषराज पाण्डेको प्रमुख आथित्यतामा भएको कार्यक्रममा पार्टि प्रबेश तथा नयाँ सदस्यता वितरण गरिएको हो ।कार्यक्रममा महाधिबेश प्रतिनिधि असोदा चौधरी, हरि भुसाल, विलोचन चौधरी, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदी, पुर्व प्रदेश १ क सभापति तारा बहादुर डिसी, पालिका सभापति विद्याशरण चौधरी, उप सभापति स्यामा रावत, भिमलाल चौधरी, नित्यानन्द शर्मा, शान्ति चौधरी, लगायतको सहभागिता रहेको थियो ।

थप समाचार