तिलोत्तमा ।नेकपा एकीकृत समाजवादी तिलोत्तमाले घरदैलो अभियान तिब्र पारेको छ । तिलोत्तमाको मुडियारी, कान्छिबजार, टिकुलिगड लगायतका क्षेत्रमा घरदैलो गरेको दुर्लव भण्डारीले बताए ।
देश दुर्घटनामा पर्नबाट बचाउने पाटी नेकपा एकीकृत समाजवादी भएकोले देश बनाउने जिम्मा पनि सुम्पिने स्थानीयले बताएका छन् ।
जनतालाई परेको बेला सहयोग गर्ने र कृषि सामाग्री सहज रुपमा पुर्याउन एकीकृत समाजवादी सदैब तयारी हुने तिलोत्तमा नगरपालिकाका उपमेयर पदका उम्मेदवार सन्जिव भण्डारीले बताए ।
समाजवादी तिलोत्तमाले निर्वाचन जिते खोलामा हुने चोरी निकासी बन्द गर्दा नगरपालिकाको आम्दानीमा वार्षिक ५० करोड बचाउन सकिने भएकोले सम्पत्ति करको नाममा उठाइने १२ देखि १५ करोड सम्मको रकम मिनाहा गर्न सकिने भण्डारीले बताए । अहिलेको स्थानीय सरकारले वार्षिक २२ करोड फजुल ९अनुत्पादक० खर्च गरेकोले यस्ता खर्च कटौति गरि जनतालाई सुविधादिनेछौ भण्डारीले भने ।
आज वडा नम्बर ६ बाँसघारीमा पार्टी कार्यालय उद्घाटन भएको छ । निर्वाचनलाई लक्षित गरेर प्रचार प्रसार गर्न सहज बनाउने उद्देश्यले कार्यालय स्थापना गरेको भण्डारीले बताए ।












