कोरोनाले थामिएको घाटु निरन्तरता 

प्रकाशित मिति:

सुरेश छन्त्यालर पाण्डबखानी-महामारी थामिएर स्थिति सहज बनेपछि यहाँको सती घाटुले पुन: निरन्तरता पाएको छ । कोरोनाको जोखिमले दुई वर्षसम्म घाटुको परम्परा रोकिएको थियो । घाटु नाचलाई तीन वर्षपछि जगाइएको घाटु संरक्षण समितिका संयोजक गिरीप्रसाद थापाले बताए । गलकोट नगरपालिका–१० पाण्डवखानीमा सती घाटु प्रचलित छ ।

बर्सेनि वैशाख कृष्ण औँसीमा सुरु हुने घाटु जेठको तेस्रो साता विर्सजन हुन्छ । “बुद्ध पूर्णिमाका दिन विशेष रुपमा घाटु चल्यो, त्यस्तै आज जेठ २० गते फेरि घाटु देखाइयो र, २१ गते विधिवत अन्त्य हुन्छ”, संयोजक थापाले भने । पहिले पहिलेझैँ भव्यता दिन नसकिए पनि जेनतेन घाटुको संस्कृति धानिएको उनको भनाइ छ । यसपालिको सती घाटुमा बिना पुन, स्नेहा पुन, धनमाया घर्ती र सृष्टि बस्नेत घाटुनीका रुपमा छन् । घाटु नाच्नेलाई घाटुनी भनिन्छ ।

त्यस्तै पाण्डबखानीमा   firend sip ग्याम सम्पन्न भएको छ। कोरोनाको कारण लामो समय सम्म कुनैपनि खेलकुद नहुदा विशेषगरी युवाहरुको खेल प्रति चाहाना राखेको र युवाहरुलाइ एकजुट गराउनका लागि घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चका खेल संयोजक भिम सुनारको संयोक्तमा लिंग स्टम खेलमा रमुवा टिम प्रथम र ज्याथर समूह दोस्रो भएका छन् । यसरी नै हाम्रो इच्छा र चाहाना अनुसार खेलको आयोजना गर्नु भएकोमा हामी युवाहरु धेरै खुसि रहदै आगामीदिनहरुमा यस्तै खेलको आयोजना गर्न आग्रह गर्दै स्थानीय खलाडी महोन पुनले खेलाडीलाई सम्मान गरेको भन्दै धन्यवाद दिएका थिए ।