अलपत्र पूलले निम्ताउदै विपद

प्रकाशित मिति:

स्याङ्जा । समयमै पुल निर्माण सम्पन्न नहुँदा विपद्को सामाना गर्न बाध्य छन् स्याङ्जाको वालिङ ११ डौवाका स्थानीयहरु । २ बर्षमा सम्पन्न हुनुपर्ने पुल ५ बर्ष सम्म पनि निर्माण नहुँदा अहिले बर्षादले खेतीयोग्य जमिन सहित जनधनको क्षती हुनेहोकी भन्दै स्थानीयहरु त्रसिद भएका हुन् । स्याङ्जाको वालिङ र भीरकोट जोड्ने आँधीखोलामा निर्माण हुनलागेको मोटरेवल पुलको बाधले आँधीखोलामा आउने बाढीले वालिङ ११ डौवावासी त्रसिद भएर बस्न विवस छन् ।

रायमाझी क्याराभान कन्ट्रक्सनले २ बर्षमा सम्पन्न गर्नेगरी ठेक्क लिएको छाङ्छाङदी छतिवन पुल समयमै निर्माण सम्पन्न नहुँदा आँधीखोलाले आसपासको जमिन कटान शुरु गरिरहेको छ । गतबर्ष आँधीखोलामा आएको बाढीले पनि समस्या ल्याएपनि मानवीय र खेतीयोग्य जमिनमा खासै क्षती पुराएको थिएन । पुल निर्माण गर्दा लगाएको बाँध समयमै नखोलिदिने हो भने आँधीखोलामा आएको बाढीले वालिङ ११ डौवा फाटको सिङ्गो बस्ती र खेतीयोग्य जमिनमा क्षती पुग्ने अनुमान गरिएको छ । स्थानीयहरुले ठेकेदार कम्पनी देखि सडक विभाग र सम्वन्धित निकाय सगँ हारगुहार गर्दा पनि सुनुवाई नभएको गुनासो गर्दै आएका छन् । आँधीखोलाले स्वरुप परिवर्तन गरेमा करोडौको खेतीयोग्य जमिन देखी मानवीय क्षती हुने स्थानीयहरुले बताएका छन् ।

२०७५ साल कार्तिकमा पुर्व मन्त्री रघुबिर महासेठ र पद्मा अर्यालले संयुक्त शिलन्यास गरेको मोटेरेवल पुल पर्यटन प्रवद्र्धनका निम्ति निर्माण गर्न लागिएको पुल हो । स्वरेक मैदानबाट उड्ने प्यारागलाईडरका पारखीहरु र पर्यटकहरुलाई सहजै पुग्न छोटो बाटोका लागि यो पुल वालिङ र भीरकोट नगरपालिका जोड्ने काम गर्दछ । समयमै पुल निर्माण नहुँदा अहिले बाढीले ठुलो क्षती हुने तर्फ ध्यान दिन सम्वन्धित् निकाय सगँ आग्रह गरिरहेको स्थानीय चोलाकान्त पौडेलले बताए । समयमा सम्पन्न गर्न नसक्ने ठेकेदार कम्पनीलाई कारवाहि गरेर भएपनि यहाँको बस्ती र खेतीयोग्य जमिन जोगाउन सरकारले ध्यान दिनुपर्ने स्थानीय चोलाकान्त पौडेलले भने,‘दुई बर्षमा सक्नुपर्ने पुल ५ बर्ष पुग्दा पनि सम्पन्न हुदैन ।’ अहिलेको बाढीले क्षती पुग्यो भने जिम्मा कस्ले लिने प्रतिप्रश्न गर्दै पौडेलले भने । पटक पटक ताकेदा गर्दा पनि चासो नदिने कस्तो समय आयो पौडेलले भने,‘न समयमै पुल बन्छ न हामी सुरक्षित छौ भन्न सक्छौं ।’ ठेकेदारको लापरवाहि र सडक विभागको निकम्वा पनले जोखिम मोल्न बाध्य भयौ उनले भने ।

समयमै पुल निर्माण नहुँदा अहिलेको बर्षादले आँधीखोलामा आउने बाढीले ठुलो क्षती हुन सक्ने तर्फ वालिङ नगरपालिकाको ध्यानाकर्षण भएको वालिङ ११ का वडा अध्यक्ष डण्डपानी पंगेनीको भनाई छ । यस सम्वन्धमा नगरपालिका भित्र रहेको विपद् व्यवस्थापन समिति मार्फत तत्काल समाधानका लागि पहल गर्ने पंगेनीले बताए । ठेकेदार कम्पनीका इन्जिनियर कपिल कोइरालाले भने आउने मंसिर महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने दावी गरेका छन् । पुल सम्झौता लगत्तै कोरोना संक्रमण र अहिले आर्थिक महङ्गीले गर्दा तोकिएको समयमै पुल निर्माण गर्न नसकेको स्विकार कोइरालाले गरे । झण्डै १२ करोड ५४ लाखको लागतमा निर्माण हुन लागेको पुल ठेकेदारले विभिन्न समस्या देखाएर ५ बर्षदेखी अलपत्ररुपमा छाडेको छ । पुलको ४० प्रतिशत काम सम्पन्न भएपनि अझै ६० प्रतिशत काम बाँकी छ । बस्तीतिरको क्षेत्रमा आँधीखोलामा पुल निर्माण गर्दा लगाईको बाँधलाई समयमै खोल्न नलगाउने हो भने आँधीखोलाले स्वरुप फेर्न सक्ने देखिन्छ । जसले हजारौ रोपनी जमिन सगै मानबिय क्षती हुने तर्फ सम्वन्धित् निकायको ध्यान जानु जरुरी छ ।