पुर्ण खोप सुनिश्चित्तायुक्त कञ्चन गाउपालिका

प्रकाशित मिति:

कञ्चन/रुपन्देहीको कञ्चन गाउपालिका नियमित खोपको पुर्ण खोप दिगोपना तथा १२ बर्ष माथी उमेर समूहका कोभिड १९ विरुद्धको पुर्ण खोप सुनिश्चित युक्त पालिका घोषणा गरिएको छ। कञ्चन गाउपालिकाको सभाहलमा भएको एक कार्यक्रमका बिच कञ्चनलाई सम्पुर्ण खोपको सुनिश्चित्ता भएको पालिकाको रुपमा जिल्ला खोप समन्वय समिति, रुपन्देहीका संयोजक तथा रुपन्देही जिल्ला समन्वय समितिका संयोजक उमाकान्त चापागाईले घोषणा गर्नु भएको हो।

कञ्चन गाउपालिकालाई पुर्ण खोप सुनिश्चित्ता भएको पालिका घोषणा गर्दै जिल्ला खोप समन्वय समिति, रुपन्देहीका संयोजक उमाकान्त चापागाईले कञ्चन गाउपालिकालाई पुर्णखोप सुनिश्चित भएको पालिका बनाउन कार्यक्षेत्रमा नियमित खट्ने स्वास्थयकर्मी, सामुदायिक महिला स्वास्थ्य स्वयमसेविका, कर्मचारी, जनप्रतिनीधि, बिधालयका शिक्षक, कर्मचारी तथा स्थानीय सञ्चारकर्मीहरुलाई धन्यवाद दिनु भयो । अव कञ्चनलाई हरेक बर्ष पुर्णखोप सुनिश्चित्ता भएको पालिकाको रुपमा कायम राख्न नियमित रुपमा सबैखाले खोप लगाउन प्रोत्साहित गर्नु पर्ने कुरा चापागाईले बताउनु भयो।

यस्तै कञ्चन गाउपालिकाका अध्यक्ष तथा कञ्चन गाउपालिका खोप समन्वय समितिका संयोजक नवराज ढकालले कञ्चनलाई स्वास्थ्य क्षेत्रमा पुर्णखोप सुनिश्चित्ता भएको पालिका बनाएर मात्र नपुग्ने बताउनु भयो। अव पालिकामा हरेक बर्ष जन्मिने सबै बालबालिकाहरुलाई नियमित रुपमा खोप लगाउने व्यबस्थामा कुनैे कञ्जुसाई गर्न नुहने कुरामा अध्यक्ष ढकालले जोड दिनु भयो।कार्यपालिका सदस्य चित्र तुलाचनले समृद्ध र सवल कञ्चन बनाउन मेहनत गर्ने कञ्चनवासी, बिभिन्न संघसंस्था, कर्मचारी र जनप्रतिनीधिहरु प्रतिबद्ध भई लाग्नु पर्ने बताउनु भयो ।

सामजिक बिकास समितिका संयोजक समेत रहनु भएका तुलाचनले कञ्चन गाउपालिकाको मुख्य कार्य कञ्चनका भुमिहिन दलित, भुमिहिन सुकुमवासी तथा अव्यबस्थित बसोवासीहरुलाई हार्दिक आभार ब्इ बर्षौं देखि उनिहरुले जोतभोग गर्दै आएको आधारमा जग्गाधनी पुर्जा उपलब्ध गराउन गरिने सबै कार्यहरुलाई प्राथमिकताका साथ अगाडी बढिरहेको बताउनु भयो ।कार्यक्रममा उपाध्यक्ष मौसमी थापा मगर, वडा नं। १ का वडा अध्यक्ष हरिनारायण चौधरी,सामुदायिक महिला स्वास्थ्य स्वयम सेविका राधा अस्लामी लगायतले शुभकामना तथा बधाई मन्तव्य ब्यक्त गर्नु भएको थियो। यस्तै कार्यक्रममास्वाथ्यकर्मी, जनप्रतिनीधि, सुरक्षा प्रशासन, संचारकर्मीहरुलाई सम्मान गरिएको थियो।