तिलोत्तमाको मानवीय विकासका निम्ति युवाहरूलाई जोड्दै समाजिक विकास समिति

प्रकाशित मिति:

इज्जत कंडेल, तिलोत्तमा । तिलोत्तमाको मानवीय विकासका निम्ति युवाहरूलाई जोड्न तिलोत्तमा समाजिक विकास समिति लागि परेको छ । युवाहरुलाई विभिन्न माध्यमबाट जोड्ने र नगरका विविध सामाजिक काम र मानव विकासमा जोड्ने योजना लिई विभिन्न सामाजिक क्षेत्रमा युवा परिचालन कसरी गर्न सकिन्छ भन्ने बिषयमा तिलोत्तमा नगरमा बसी विभिन्न पेशा, व्यवसाय अंगालेका केहि युवाहरुसँग पहिलो चरणको बैठक सम्पन्न गरेको छ ।

बैठकले आउदो साउन २७ गतेको अन्तर्राष्ट्रिय युवा दिवसलाई लक्षित गरि यहि साउन २३ गते राममणी क्याम्पस मणिग्राममा सामाजिक मुल्य मान्यता र यसले निम्त्याएको हिंसाू बारे विद्यार्थीहरुसँग बहस सन्चालन गर्ने निर्णय गरेको छ ।पहिलो बैठकमा युवा मैत्री स्थानीय शासन नगरपालिका निर्माण, विभिन्न समाजिक विषय महिला हिंसा, समाजिक विभेद, नेतृत्व विकास , उधमशिलता बारे कम खर्चमा स्थानीय स्रोत  विज्ञ व्यक्ति  प्रयोगबाट स्थानीय तहका सम्बन्धित युवालाई कसरी लाभ दिन सकिन्छ सँगै विभिन्न समाजिक संघसंस्थासँग सहकार्य गर्दै विभिन्न युवा मैत्री जनचेतनामुलक कार्यक्रमहरु गर्ने लगायतका विषयमा गहन छलफल भएको थियो ।

बैठक तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य र समाजिक विकास समितका संयोजक रवी सेन्चुरीको अध्यक्ष्ता बसेको थियो । बैठकमा राष्ट्रिय युवा परिषद उपाध्यक्ष गोबिन्द केसी, तिलोत्तमा नगरपालिका कार्यपालिका सदस्य तारा सुनार, वडा नं। ९ का वडा सदस्य गोबिन्द गुरुङ, वडा नं। ५ का वडा सदस्य डाइमण्ड गिरी ९हरि०, रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनकी स्टेसन म्यानेजर मिनाक्षी न्यौपाने लगाएतका विभिन्न क्षेत्रका युवाहरुको उपस्थिती रहेको थियो ।