ग्लोबल पिस पार्कमा बृक्षारोपण

प्रकाशित मिति:

बुटवल जेसिजको सप्ताहब्यापी कार्यक्रम अन्तर्गत आज तेस्रो दिन बुटवल १२ स्थित ग्लोबल पिस पार्कमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । बुटवल जेसिजका अध्यक्ष चन्द्रमणि भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा न १२ का वडा अध्यक्ष डिल्ली प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न १० प्रजातिका फलफुलका बिरुवाहरु रोपिएको थियो । सो कार्यक्रममा बिशिष्ट अतिथी ब्रम्हाकुमारी इश्वरिय बिश्वबिद्धालय प्रदेश सचिव ब्रम्हकुमार नारायण जि , प्रमुख अतिथि डिल्ली प्रसाद शर्मा, जेसिज सप्ताह मुल संयोजक चन्द्रकान्त डुम्रे , बृक्षारोपण कार्यक्रमका संयोजक बाबुराम लम्साल महासचिव मोहन न्यौपाने लगायतले आफ्नो भनाइ राख्नु भएको थियो ।

यस अघि दोस्रो दिनको कार्यक्रम अन्तर्गत लुम्बिनी अपांग दृस्टीबिहिन अनाथ आश्रममा खाधान्न वितरण कार्यक्रम अन्तर्गत आश्रमलाई आबश्यक चामल, दाल ,नुन , तेल, प्याज लगायतका विभिन्न खाद्यान्न सामाग्रीहरु बुटवल उपमहानगरपालिका वडा न १५ का वडा अध्यक्ष एवं बुटवल उपमहानगरपालिकाका प्रबक्ता शिव रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भइसकेको छ भने हाल डेगु लगायतका विभिन्न रोगको कारण रक्तसञ्चार केन्द्रमा रगतको अभाव नहोस भन्ने हेतुले भोलि मंगलबार बुटवल जेसिज सचिवालयमै रक्तदान कार्यक्रमको आयोजना गरिएको बुटवल जेसिजका मिडिया संयोजक आबिस्कार खनालले जानकारी दिनुभयो ।