छुट्टै ब्यबस्थापनमा “बुटवल मुटु क्लिनिक ”

प्रकाशित मिति:

बुटवल । बिजया फार्माबाट यस क्षेत्रका मुटुका बिरामीहरुलाइ सेवा दिइरहेको “बुटवल मुटु क्लिनिक ” अब नया ब्यबस्थापन र उपकरणका साथ अगाडी बढेको छ । बरिष्ठ मुटुरोग बिशेषज्ञ डाक्टर लक्ष्मण दुवेले सेवा दिइरहेको बुटवल मुटु क्लिनिक अब बिजया फार्माबाट नया ब्यबस्थापनका साथ श्रवणपथ लुम्बिनी सिटी अस्पतालको छेउमा छुट्टै भवनमा सरेको र थप सेवा सहित बिरामीहरुलाइ सहुलियत रुपमा नै उपचार गरिने क्लिनिकले जनाएको छ ।

हरेक बर्ष संसारभरका मुटु रोगमा बिशिष्ट योेगदान पुर्याउने डाक्टरहरुलाइ सम्मान गर्दै आइरहेको “युरोपियन सोसाइटी अफ कार्डियोलोजी ”नामक संस्थाबाट स्पेनमा सम्मानीत भइसकेका डाक्टर दुवे यस क्षेत्रका चर्चित मुटुरोग बिशेषज्ञ मानिन्छन । चिनमा योङ रिसर्चस अर्वाड समेत हात पार्न सफल उनी सेवालाइ अझै गुणस्तरीयताका साथ नया ठाउमा सरेको बताउछन । रुपन्देही मणिग्राम निवासी डाक्टर दुवेले गंगालाल हृदयरोग उपचार केन्द्र बासबारी काठमान्डौ र भरतपुर मेडिकल कलेज चितवनमा झन्डै १२ बर्षको कार्य अनुभब संगालेका छन भने बिगत ६ बर्षदेखी आफ्नै क्षेत्रमा सेवा गर्ने उदेश्यले रुपन्देही आएका थिए । हाल उनी क्रिमसन अस्पताल मणिग्रामका सिनियर कन्सलटेन्ट कार्डियोलोजिस्ट समेत हुन ।