लेजर गनको प्रभाव:बेतुकले हुइँकिने सवारीसाधनमा कमी,दुई दिनमै ७९बढीलाई कारबाही

प्रकाशित मिति:

हेर्दा चिल्लो र फराकिलो देखिने यि सडकखण्डलाई सुरक्षाको दृष्टिले अत्यन्त जोखिमयुक्त मानिन्छ ।त्यसलाई न्यूनीकरण गर्न आवश्यक पूर्वाधार जस्तै: आकाशे पुल,जेब्रा क्रसिङ, ट्राफिक बत्तीलगायतका कार्यले अझै पूर्णता पाएको छैन ।जसकारण दिनँहु सवारीसाधन एकआपसमा ठोक्किने र दुर्घटना हुने क्रम बढिरहेको छ । यो सडकखण्डमा बढ्दै गएको दुर्घटनालाई ध्यानमा राखी जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले लेजर गन प्रयोगमा ल्याएको हो । तिव्र गतिका कारण ९० प्रतिशत सवारी दुर्घटना हुने गरेको तथ्याङकले देखाएको प्रहरी निरिक्षक केशव के.सीले बताए । सरकार दुर्घटना न्यूनिकण गर्न ट्राफिकको मात्र भर परेको देखिन्छ ।

सुरेश परियार,साउन२५ गते- रुपन्देही जिल्लामा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘लेजर स्पिड गन’ प्रयोगमा ल्याइएको छ । लेजर गनमार्फत सडकमा गुड्ने सवारीको गति मापन कार्यलाई कडाइ गर्नाले बेतुकले हुइँकिने सवारीसाधनमा कमी आउँने जिल्ला ट्राफिक कार्यालय रुपन्देहीका प्रमुख तथा प्रहरी निरिक्षक केशव के.सीले जानकारी दिए । पछिल्लो समय मुख्य राजमार्ग अन्र्तगत महेन्द्र तथा सिद्धार्थ राजमार्गमा साना तथा ठुला सवारी दुर्घटना बढिरहेको र यो अवस्थालाई शून्यमा झार्न यो अभ्यास थालिएको प्रहरी निरिक्षक के.सीको भनाई छ ।

योसँगै यि सडकखण्डमा हुने गरेको दुर्घटनाको मुख्य कारण पनि तीव्र गति नै रहेको प्रष्ट भएको छ । ट्राफिक प्रहरीले लेजर स्पिड गन प्रयोगमा ल्याएपछि दुई दिनमै ७९सवारी कार्वाहीमा परेका छन् । कारवाहीमा पर्ने अधिकांश मोटरसाइकल चालक छन् ।ट्राफिक प्रहरी कार्यालयका अनुसार साउन २४ गते बाट लेजर गनबाट सवारीको गति मापन कार्य थालिएको छ । केही दिन सवारीचालकलाई सचेत गराउन सो अभियान सञ्चालन गरिदैँ छ भने कारवाही नै गर्ने गरी लेजर गन सञ्चालन भइरहेको छ ।ट्राफिक प्रहरीले फरक रुट बनाएर दैनिक ३ सिफ्टमा लेजर स्पिड गनमार्फत सवारी साधनको गति मापन गर्ने र निर्धारितभन्दा तीव्र गतिमा कुदेका सवारीसाधनलाई नियन्त्रणमा लिई कारवाही गर्दै जाने प्रहरी निरिक्षक के.सीले उल्लेख गरे ।

हेर्दा चिल्लो र फराकिलो देखिने यि सडकखण्डलाई सुरक्षाको दृष्टिले अत्यन्त जोखिमयुक्त मानिन्छ । त्यसलाई न्यूनीकरण गर्न आवश्यक पूर्वाधार जस्तै: आकाशे पुल, जेब्रा क्रसिङ, ट्राफिक बत्तीलगायतका कार्यले अझै पूर्णता पाएको छैन ।जसकारण दिनँहु सवारीसाधन एकआपसमा ठोक्किने र दुर्घटना हुने क्रम बढिरहेको छ । यो डकखण्डमा बढ्दै गएको दुर्घटनालाई ध्यानमा राखी जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले लेजर गन प्रयोगमा ल्याएको हो ।लेजर गन सञ्चालन भएपछि दुर्घटना कम हुन थालिसकेको प्रहरी निरिक्षक के.सी भन्छन । उनी भन्छन्, ‘सामान्य दुर्घटना दिनहुँ भइरहन्थ्यो अहिले कम भएको छ ।’ के.सीका अनुसार यो सडक चिल्लो देखेर चालकले तीव्र गतिमा सवारी हुइक्याउने गर्छन् । नियम उल्लंघन गर्नेलाई यातायात व्यवस्था ऐन २०४९ अनुसार नै कारवाही गर्दै जाने केसीले बताए । ‘नियमअनुसार हेर्ने हो भने एक हजार रुपैयाँ जरिवानाको व्यवस्था छ’ उनले भने, ‘हामी कडाइका साथ लागी पर्ने छौँ’।