बैदेशिक रोजगारको क्षेत्रमा बर्दघाट नगरपालिका गम्भिर भएर लाग्ने नगर प्रमुख शम्भुलाल श्रेष्ठको भनाई 

प्रकाशित मिति:

रामु भुषाल/बैदेशिक रोजगारको क्षेत्रमा बर्दघाट नगरपालिका गम्भिर भएर लाग्ने नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनुभएको छ । बुधबार पश्चिम नवलपरासीको बर्दघाट १२ जहदामा आयोजित बैदेशिक रोजगार सम्बन्धी सरोकारवालाहरु संगको समिक्षा कार्यक्रममा प्रमुख अतिथी को रुपमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । श्रेष्ठले नगर भित्रबाट वैदेशिक रोजगारी मा जाने युवाहरुले विभिन्न कठिनाईको सामना गर्नुपर्ने अवस्था भयेको हुदा त्यसको अन्त्यको लागी नगरले वैदेशिक रोजगारी सम्बन्धि विभिन्न योजना तथा कार्यक्रमहरु अगाडी ल्याएको बताउनुभयो ।

जहदा सामुदयिक पुस्तकालय तथा श्रोत केन्द्रको आयोजना तथा रिड नेपाल र आइरेक्सद्धारा सञ्चालित दियो परियोजनाको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो।पुस्तकालय का अध्यक्ष सुरज केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर १२ का वडाअध्यक्ष उमाशंकर चौधरी, सामुदायिक विद्यालयको तर्फबाट नित्यानन्द रत्न मावीका प्रअ विश्वराज भट्टराई, सस्थागत विद्यालयको तर्फ बाट युनिभर्सल क्याब्रीज मावीका विद्यालय ब्यवस्थापन समिति अध्यक्ष कृष्ण प्रसाद गौतम, वडा नम्बर १२ का पुर्व वडाध्यक्ष मान बहादुर मल्ल, ईन्द्रेणी समाजिक विकास मञ्च सामि परियोजनाका कार्यक्रम समयोजक ज्ञानेश्वर भण्डारी, आप्रवासी परिवार हकहित मञ्चका जिल्ला अध्यक्ष रामु भुसाल लगाएतका वक्ताहरुले बैदेशिक रोजगार देखे जस्तो सजिलो नभएको हुदा बैदेशिक रोजगारीमा जादा सिप र सुचना अनिवार्य लिएर जानुपर्ने कुरामाथि जोड दिनु भयेको थियो।

सो अवसरमा बैदेशिक रोजगारीको क्षेत्रमा काम गर्ने विभिन्न संघ सस्थाका प्रतिनिधि, जनप्रतिनिधि, स्थानीय विद्यालय का पदाधिकारी,पुस्तकालय ब्यबस्थापन समिति का पधाधिकारी र कर्मचारी हरु बिच बैदेशिक रोजगारको समस्या,चुनौती र समाधान बारे छलफल समेत भएको कार्यक्रम को सहजीकरण रिड नेपाल का राजु चापागाईंले गर्नु भयेको थियो । छलफलका क्रममा बैदेशिक रोजगारलाई ब्यवस्थित र मर्यादित बनाउन ज्ञान, सिपको कमी देखिएको र यस तर्फ नगरले विशेष ध्यान दिन आवश्यक रहेको निश्कर्ष निकालिएको पुस्तकालयका सचिव गोपाल सिह आलेले जानकारी दिनुभएको छ ।