युवा विदेश जाने हैन,देश बनाउन आफु कम्मर कसेर लाग्ने:नगरप्रमुख खाण

प्रकाशित मिति:

तिलोत्तमा/अन्तराष्ट्रिय युवा दिवस २०२२ को अवसरमा आयोजित एक कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले युवालाई विदेश जाने हैन,देश बनाउने बनाउन आफु कम्मर कसेर लाग्ने बताएका छन्। यस बर्षको बजेटमै युवा मैत्री कार्यक्रमलाइ बिशेष प्राथमिकता दिएका उनले युवाको स्वरोजगार , सिप , दक्षता र ब्यबसायिक शिक्षाका लागी स्थानिय तह , प्रदेश र संघ संग मिलेर युवा केन्द्रित काम गर्ने बताए। युवाको लागी स्थानिय तहको भूमिका बिषयक एक दिने अन्तरक्रिया कार्यक्रमको सन्दर्भमा तिलोत्तमा नगरपालिका सामाजिक बिषयगत समिती रुपन्देही को आयोजनामा भएको सो कार्यक्रमममा नगरप्रमुख खाणले सो कुरा बताएका हुन्।

नगरप्रमुख खाणले अहिलेको शिक्षा रोजगारी ब्यबसाय, सिप र दक्षताका लागि प्रयोग नभएकोमा दुख ब्यक्त गर्दै अबको शिक्षा स्कुल लेभल देखि नै प्राबिधिक रुपमा दक्ष हुनुपर्ने बताए। युवाहरुको लागि हरेक तबरले नगरपालिका सम्बोधन गर्न तयार रहेको बताउदै नगरप्रमुख खाणले अब विदेश गएका युवाले उतै बसेर हराउने नभई सिप सिकेर तिलोत्तमाको भूमिमा आएर बिकाश र समृद्धिमा हातेमालो गर्नुपर्ने बताए।

सो कार्यक्रममा बोल्दै नगर उप प्रमुख जागेश्वर देवी चौधरीले युवाहरु सामाजिक रुपान्तरणको लागि एक जुट हुनुपर्ने बताईन। उनले युवाले समाजका बिकृति विसंगतीलाइ निरुत्साहित गरि समाजलाई बिकाश र समाजको समृद्धि तर्फ अगाडी बढाउनु पर्ने बताईन। तिलोत्तमा नगरपालिका सामाजिक बिषयगत समितीको आयोजनामा भएको सो कार्यक्रममा संयोजक तथा कार्यपालिका सदस्य रवी सेन्चुरी, निमित्त प्रमुख प्रसासकिय अधिकृत गंगाराम आचार्य, कार्यपालिका सदस्य तथा सबै वडा अध्यक्षहरू , बिषयगत समितिका सदस्यहरु संगै सबै वार्डका प्रतिनिधिमुलक युवा सहभागिता रहेको थियो।कार्यक्रममा स्वरोजगार सम्बन्धि प्रशिक्षण तथा सहजीकरण सुचना प्रबिधि प्रमुख इन्जिनियर सुदिप ढकालले प्रस्तुति दिएका थिए भने समिति सदस्य शोभा रानाको स्वागत तथा वडा नम्बर ९ का सदस्य तथा समितिका सदस्य लबसन गुरुङ्गले संचालन गरेका थिए।