स्थानीय पाठ्यक्रम शिक्षण सम्बन्धी प्रबोधीकरण

प्रकाशित मिति:

कञ्चन /रुपन्देही-रुपन्देहीको कञ्चन गाउपालिकाले शैक्षिक सत्र २०७९ देखि बिधालयहरुमा स्थानीय पाठ्यक्रम लागु गरेको छ। स्थानीय स्रोत साधनहरुको पहिचान र प्रबद्र्धन गर्ने उद्धेश्यका साथ स्थानीय पाठ्यक्रम निर्माण समितिले तयार गरेको पाठ्यक्रम तयार गरेको थियो गाउपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रमलाई बिधालयमा लागु गरी पाठ्यक्रमले निर्धारण गरेको उद्धेश्य तथा लक्ष्य प्राप्तीका लागि पाठ्यक्रमबारे साथ शिक्षक तथा शिक्षिकाहरुलाई तालिम सञ्चालन गरिएको छ। ९ क्षेत्रमा आधारित तयार गरिएको स्थानीय पाठ्यक्रममा समावेश गरिएका बिषय र क्षेत्रहरुको बारेमा शिक्षकण कार्य सहज बनाउने उद्धेश्यका साथ ३ दिने प्रबोधिकरण गरिएको हो।

संघिय गणतन्त्रात्मक राज्य व्यबस्था शुरु भएपछि नेपाल सरकार पाठ्यक्रम बिकास केन्द्रले निर्धारण गरेका पाठ्यक्रम बाहेक स्थानीय तहले आफ्नो स्थानीय तहको पहिचान हुने गरी छुट्टै पाठ्यक्रम निर्माण गरी बिधालयहरुमा लागु गर्न पाउने अधिकार प्राप्त भएपछि कञ्चनले पनि हाम्रो कञ्चनू नामक पाठ्यक्रम तयार गरेको हो ।बिधालयहरुमा हाम्रो कञ्चनू नामक पाठ्यक्रम लागु भएपछि बिधालयमा शिक्षण गर्ने शिक्षक तथा शिक्षिकाहरुलाई पाठ्यक्रमले निर्धारण गरेका बिषयबस्तु अनुसार शिक्षण गर्न सहज हुने पाठ्य सामग्रीहरुको उपलब्धता, पहिचान र त्यसको प्रयोगबारे सहजिकरण गर्ने उद्धेश्यका साथ प्रबोधिकरणात्मक तालिम सञ्चालन गरिएको स्थानीय पाठ्यक्रम निर्माण कार्यदल समितिका सदस्य रबिन्द्र सुवेदीले जानकारी दिनु भयो।

तालिममा सहभागी शिक्षक शिक्षिकाहरुलाई निर्देशन दिदै गाउपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले स्थानीय पाठ्यक्रममा निर्धारण गरिएका क्षेत्रहरु उद्धेश्य र लक्ष्य हासिल गर्ने गरी स्थानीय श्रोत साधनहरुको अधिक्तम प्रयोग गरी बिधालयमा शिक्षण कृयाकलाप सञ्चालन गर्नु पर्ने बताउनु भयो। स्थानीय पाठ्यक्रममा समाबेस गरिएका क्षेत्रहरुसंग सम्बन्धित आफुले जानेका अन्य स्थानीय श्रोतहरुको समेत बिधार्थीहरुलाई व्यबहारिक शिक्षाको रुपमा शिक्षण गर्न सके बिधार्थीहरुको शैक्षिक स्तरमा सुधार आउने उपाध्यक्ष मौसमी थापा मगरले बिश्वास व्यक्त गर्नु भयो। कञ्चन गाउपालिका बिभिन्न जाती भाषा धर्म र संस्कृति भएका परिवारमा हुर्केका बालबालिकाहरु भएकाले ती बालबालिकाहरुलाई समुदाय समुदाय बिचको प्रगाढ सम्बन्ध स्थापित गर्न र एकले अर्कालाई सम्मान गर्ने गराउने संस्कार अनिवार्य रुपमा सिकाउनु पर्नेमा जोड दिदै उपाध्यक्ष मौसमी थापा मगरले भाषा, कला, संस्कृति र साहित्यको संरक्षण बिधालय तहबाटै हुनुपर्ने उल्लेख गर्नु भयो ।

निवर्तमान गाउपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीको संयोजकत्वमा निर्माण भएको हाम्रो कञ्चन नामक स्थानीय पाठ्यक्रममा हाम्रो कञ्चन, स्थानीय जनजाती र भाषा, हाम्रो धर्म, संस्कृति, संस्कार र परम्परा, जीवनपयोगी सिप र जीवनशैली, हाम्रो धार्मिक तथा पर्यटकिय स्थल, वातावरण, कृषि तथा पशुपंक्षी, हाम्रो सेवा प्रदायक संघसंस्थाहरु अतिरिक्त कृयाकलापहरु गरी ९ क्षेत्रमा कञ्चनको स्थानीय पाठ्यक्रम निर्माण गरिएको छ।गाउपालिकाका कार्यापालिका सदस्य तथा शिक्षा बिकास समितिका संयोजक चित्र तुलाचनले स्थानीय पाठ्यक्रमले आफ्नो स्थानीय तहमा भएका श्रोत साधन, भाषा कला संस्कृति र परमपराबारे बिधार्थीहरुमाझ उजागर गराउने बिषय भएकोले स्थानीय पाठ्यक्रमलाई सामान्य बिषयको रुपमा नलिन शिक्षक शिक्षिकाहरुलाई आग्रह गर्नु भयो। स्थानीय पाठ्यक्रमले फरक फरक समुदाय मिलेर बनेको समाजलाई भाषिक, सांस्कृतिक जातिय र परम्पारागत रुपमा आत्मियता कायम गर्न स्थानीय पाठ्यक्रम हाम्रो कञ्चनको माध्यमबाट शिक्षक शिक्षिका तथा सारेकारवालाहरुले सहजिकरण गर्नु पर्नेमा गाउपालिकाका प्रवक्ता समेत रहनु भएका तुलाचनले जोड दिनु भयो।

यस्तै शिक्षा शाखा प्रमुख रमेश भुसालले स्थानीय पाठ्यक्रम आफैमा महत्वपुर्ण पाठ्यक्रम भएको बताउनु भयो। स्थानीय पाठ्यक्रमले स्थानीय क्षेत्रमा रहेका बिभिन्न क्षेत्र, समुदाय, भाषा कला र संस्कृतिको संरक्षण गर्नमा ठूलो महत्व राख्ने उल्लेख गदै शिक्षा अधिकृत समेत रहनु भएका भुसालले पाठ्यक्रममा समावेश हुन नसकेका क्षेत्रहरु जीवनी, साहित्य कलाका बारेमा पनि बिधार्थीहरुलाई जानकारी गराउनु पर्ने बताउनु भयो । स्थानीय पाठ्यक्रम हेर्दा र सुन्दा सामान्य लागेता पनि बिषयबस्तुको ज्ञान हुन आवस्यक समेत रहेको भुसालले बताउनु भयो।बिधालयमा स्थानीय पाठ्यक्रम लागु गर्ने क्रममा शिक्षक शिक्षिकाहरुमा स्थानीय पाठ्यक्रम र त्यसमा समावेश भएका बिषयबस्तुहरुबारे अन्यौलता श्रृजना भएको र शिक्षण कृयाकलाप गर्न असहज उत्पन्न भएका कारण स्थानीय पाठ्यक्रम शिक्षण गर्ने शिक्षक शिक्षिकाहरुलाई पाठ्यक्रमबारे जानकारी गराउने उद्धेश्यका साथ स्थानीय पाठ्यक्रम प्रबोधीकरण कार्यक्रमको आयोजना गएिको हरैया माध्यमिक बिधालयका प्रधानाध्यापक तथा स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका सदस्य मेघनाथ शर्माले बताउनु भयो।

तीन दिन सम्म संचालन हुने प्रबोधीकरण कार्यक्रममा स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका सदस्य शिवकला खनाल र रविन्द्र सुवेदीले पाठ्यक्रम र पाठ्यक्रममा समाबेश गरिएका क्षेत्र, श्रोत साधनको पहिचान, उपयोग, पाठ्यक्रमले निर्धारण गरेका उद्धेश्य, लक्ष्य प्राप्तीका लागि संचालन गरिने शिक्षण सिकाई कृयाकलाप र बिषय बस्तुहरुको ज्ञान सिप हासिलबारे सहजिकरण गर्नु भएको छ।
कक्षा १ देखि ५ सम्मको स्थानीय पाठ्यक्रमको पाठ्यभार १०० पुर्णांक रहेको छ भने कक्षा १ देखि ३ कक्षा सम्म बार्षिक १३० तथा साप्ताहि ५ घण्टा र कक्षा ४ र ५ को १३० तथा साप्ताहिक ४ घण्टा शिक्षण गर्नु पर्ने हुन्छ। ईश्वरी ज्ञवालीले सहजिकरण गर्नु भएको प्रबोधिकरण कार्यक्रम साउन २८ गते सम्म संचालन हुने छ।