प्रसिद्ध धार्मिक स्थल, जलेश्वर मन्दिरको एक परिचय

प्रकाशित मिति:

कमल चौधरी । कपिलबस्तु जिल्लाको पर्यटकीय एंव प्रसिद्ध धार्मिक स्थलको नाम हो जलेश्वर मन्दिर । कपिलबस्तु जिल्लाको ४ नम्बार बजार देखि करिब २ किलोमिटर पूर्व पश्चिम लोकमार्ग नजिकै बाणगंगा नगरपालिका ८ लौगाई बालपुर स्थित जलेश्वर मन्दिर अवस्थित छ । यस मन्दिर अति नै धार्मिक र पर्यावरणीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । यस मन्दिर नजिकै थारु समुदायले जल संरक्षण गरेर त्यही छेउमै मन्दिरमा पुजा गर्दै आईरहेको पाईन्छ । पछि यस मन्दिरमा सबै जातजाति समुदायहरुको पुजा आजा गर्न आउने गरेको स्थानियहरु बताउँछन् । यस मन्दिरमा प्रत्येक एकादशीमा भजन कृतन हुनुको साथै शिवरात्री र साउन महिनामा विशेष पुजा हुने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुलचन्द्र पराजुलीले जानकारी दिनुभयो । पछिल्लो समय यस मन्दिरमा पुजाआज, ब्रतबन्ध, विवाहभोज तथा धार्मिक कार्य गर्नको लागि दर्शनार्थीगहरुको घुईचो लाग्ने गर्दछ ।

ऐतिहासिक पृष्ठभुमीः कपिलबस्तु जिल्लाको थारु बहुल्यता भएको बाणगंगा नगरपालिको महत्वपूर्ण धार्मिक स्थल मध्ये जलेश्वर मन्दिर पनि एक हो । यहाँँ अधिकांश थारु बहुल्यता रहेको छ । पूर्व –पश्चिम लोकमार्गको दक्षिण पट्टी छेउँमै यो मन्दिर रहेको छ । पहिले देखि नै प्रकृतिमा रमाउने थारु समुदाय वन, जल र जमिन संगको राम्रो सम्बन्ध रहिआएको छ । अहिले पनि उनिहरुमा वन, जल, जमिन संगको घनिष्ठ मित्रता अझै पनि देख्न सकिन्छ । सोही क्रममा जललाई संरक्षण गर्ने प्रत्येक थारु गाउँमा एउटा पोखरी र कुवाँ बनाउने गरेको पाईन्थ्यों । ताकी कुनै दैवी प्रकोप आगलागी भयो भने त्यही आफुहरुले भण्डरण गरेको पानीले आगो निभाउन सजिलो होस् भन्ने उदेश्य रहेको हुन्थ्यों । त्यही क्रममा नै जललाई पुजा गर्ने र छेउमै मन्दिर निर्माण गरियो । कुनै सयम थारु बस्ती नजिकै गाउँमा वाढी पसेर बस्ती नै विस्तपित भयोे । पछि पुनः धेरै बर्ष पछि त्यस ठाउँमा आफै जलहरु निस्कीने हुँदा र थारुहरुले कुवा र पोखरीको पुजा गर्न थाले । वि.स. २०४२ सालमा झोलाई थारुको नेतृत्वमा त्यस ठाउँलाई संरक्षण गर्दै पुजा गर्दै गरेको थारु अगुवाहरु बताउँछन् ।

पछि त्यस थारु बस्तीहरुमा कुनै किसिमको समस्या नआउन् भन्दै त्यही जलेश्वरमा पुजा आजा गर्न थालेपछि त्यस स्थानमा कुनै पनि समस्याहरु नआएको स्थानिय बुद्धिजिवीहरु बताउँछन् । जसले गर्दा पनि जलेश्वर मन्दिरको धार्मिक तथा संस्कृतिक महत्व रहेको पाईन्छ ।जनविश्वासः यस मन्दिर धार्मिक अस्थाको केन्द्रविन्दु भएकोले दर्शनर्थीहरुले पुजा गर्ने प्रचलन रहिआएको छ । सुरु सुरुमा थारु समुदायमा विभिन्न शुभकार्य विवाह पुजाआज, खेतिपाती गर्दा पहिलो अन्नबाली सुरुमा चढउने गर्दै आएका थिए । पछि कलान्तर रुपमा यस धर्मिक तथा ऐतिहासिक ठाउँमा अन्य गै्रह थारुहरुले समेत पुजा पाठ गर्दै आईरहेका छन् । यस मन्दिरमा पुजा गर्न आएपछि हरेक मनोकामना पुरा हुने धेरै नै जनबिश्वास रहेको पाईन्छ । पछिल्लो समय मन्दिर व्यवस्थापन समितिमा पनि ग्रैह– थारु समुदायले नै नेतृत्व गरेको पाईन्छ ।

अवस्थितः कपिलबस्तु जिल्लाको पूर्व पश्चिम लोक मार्ग संग जोडिएको जलेश्वर मन्दिर बाणगंगा नगरपालिका ८ लौगईमा अवस्थित रहेको छ ।पहुँचः यहाँ पुग्न रुपन्देहीको बुटवल शहर देखि करिब ३० किलोमिटर लोकमार्ग हुँदै कपिलबस्तुको ४ नम्बार बजार पुगिन्छ । त्यहाँदेखि बाणगंगा पुल हुँदै ४ नम्बार बजार देखि २ किलोमिटर पश्चिमतर्फ लोकमार्गको छेउबाट नै जलेश्वर मन्दिर देख्न सकिन्छ । यस ठाउँमा लोकमार्गको छेउमै भएको हुनाले जुनसुकै समयमा सजिलै पुग्न सकिन्छ । यस स्थानमा ब्यक्तिगत सवारीसाधन, सार्बजनिक बस, अटोबाट पनि पुग्न सकिन्छ । क्षेत्रफलः यस मन्दिर करिब करिब एक विगाह क्षेत्रफल रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्षले कुल चन्द्र पराजुलीले जनकारी दिनुभयो । उहाँले यस स्थानमा विभिन्न स्थनबाट पुजा गर्न आउँने गरेको जनकारी दिदै संरक्षण र प्रवद्र्धन गर्नु हामी सम्पूर्णको दायित्व रहेको बताउँनुभयो । अहिले मन्दिर र पोखरी भित्र शिवा मूर्तिले अझ सुन्दरता छाएको देखिन्छ ।