ग्यास विक्रेता संघमा पुन: पन्थ

प्रकाशित मिति:

बुटवल । ग्यास विक्रेता संघ रुपन्देहीको दशौं बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनबाट प्रदीपप्रसाद पन्थ अध्यक्ष रहेको १९ सदस्यीय नयां नेतृत्व चयन भएको छ ।यसअघि पनि अध्यक्ष रहेका पन्थ दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् । संघको वरिष्ठ उपाध्यक्षमा कल्पना कुंवर, उपाध्यक्षहरुमा राममिलन यादव र ज्ञानेन्द्र बन्जाडे,महासचिवमा सुर्य खनाल,सचिवमा माधव ढकाल, कोषाध्यक्षमा प्रकाश तिवारी र सहकोषाध्यक्षमा निरज कंडेल निर्वाचित भएका छन् ।

यस्तै कार्यसमिति सदस्यहरुमा शालिकराम वस्ती,टेकबहादुर क्षेत्री,गुरुप्रसाद ढकाल,अशोक लुइटेल, शिवलाल भुसाल,गणेश पाण्डे,घनश्याम भट्टराई,भागिरथ पाण्डे,गोबिन्द सापकोटा,सीता पोखरेल र तोमलाल पाण्डे निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत अधिवक्ता खडानन्द भण्डारीले जानकारी दिए । नवनिर्वाचित अध्यक्ष पन्थले संस्थाको कार्यालयको लागि जग्गा प्राप्ति गरी भवन निर्माण,व्यवसायिक हकहितका लागि जिल्ला शाखालाई सुदृढ र बलियो बनाउंदै आम उपभोक्तालाई सुरक्षित र गुणस्तरीय एलपी ग्यास र यो संग सम्बन्धित रेगुलेटर लगायतका वस्तुको आपुर्तिमा संस्थाले ध्यान दिने बताए । गुणस्तरहीन ग्यास सिलिण्डर र रेगुलेटरका कारण दुर्घटनाको जोखिम हुने भएकाले उपभोक्ता र सरोकारवाला निकायलाई सचेतनाका कार्यक्रमलाई थप बढाउंदै जाने अध्यक्ष पन्थले बताए ।