लुम्बिनीका बिद्युतिय बस सञ्चालन कार्यदलले बुझायो प्रतिवेदन र कार्यविधि

प्रकाशित मिति:

काठमाण्डौ ।लुम्बिनीमा थन्किएका बिद्युतिय गाडि सञ्चालनका लागि लुम्बिनी विकास कोषले गठन गरेको कार्यदलले कोषकाअध्यक्ष तथा माननीय मन्त्रि जिवनराम श्रेष्ठलाई आज अध्ययन प्रतिवेदन र सञ्चालन मस्यौदा कार्यविधि बुझाएको छ ।३ बर्ष अघि देखि लुम्बिनी विकास कोषलाई एशियाली विकास बैंकबाट सहयोगमा प्राप्त बिद्युतिय बस कार्यविधिको अभावमा सञ्चालनमाआउन सकेको थिएन । लुम्बिनी विकास कोषको जेष्ठ १९ माभएको बैठकले कोषाध्यक्ष ढुण्डीराज भटराई(सिद्धिचरण)को संयोजकत्वमा बिश्वराजपौडेल र राजेश शाक्य रहेको ३ सदस्यीय कार्यदल बनाएको थियो । उक्तकार्यदलले आफनो जिम्मेवारी पुरागर्दै आईतवार प्रतिवेदन र कार्यविधिनिर्माण गरी पेश गरेको हो ।

संयोजक भटराईका अनुसारआइतबार माननीय पर्यटन, सष्कृति तथा नागरिक उडययन मन्त्री जीवन रामश्रेष्ठलाई अध्ययनप्रतिवेदन, कार्ययोजना, आर्थिक प्रक्षेपण, अति आवश्यक सिफारिसहरु र कार्यविधि मस्यौदा सहितको २ वटा दस्तावेज बुझाएको छ ।प्रतिवेदन बुझदै मन्त्रि श्रेष्ठले प्रतिवेदनअध्ययन गरी छिटै कोषको बैठक राखिअन्तिम निर्णय गरी बस तथा इ भ्यान सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गरे ।६ भागमा बाँडिएको अध्ययन प्रतिवेदन ५६पृष्ठको छ भने कार्यविधि १२ पृष्ठको रहेको छ । प्रतिवेदनमाअध्ययनकाकानुनी, प्राविधिक र आर्थिक पक्षको बिश्लेषण, सञ्चालनमोडालिटी, बस र भ्यानहरुको रुट व्यवस्थापन, सञ्चालन कार्ययोजना, अनुमानित आय व्ययप्रक्षेपण सहित अनुसुचिमा प्रतिवेदनमा प्रस्तुत गरेका दाविहरुको प्रमाण राखिएको छ ।

गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थलबाट लुम्बिनी र बृहत्तर लुम्बिनी क्षेत्रमा जाने पर्यटकहरुलाई सुविधाहोस भनेर अनुदानमाप्राप्त बस तथाभ्यानहरु एशियालीक्लीनइनर्जी फण्डको सहयोगमा वातावरण मैत्रीतथा वैकल्पीकउर्जाको प्रयोगलाई बढाउने अभि-प्रायले आएको हो ।कोषलाई प्राप्त ५ बटा बस र १४ भ्यानहरु १२ करोड बढि लागतका हुनभने यसलाई चार्जिंग स्टेशन निर्माण गर्न झण्डै १४ करोड रुपैयाको लागतमा सौर्य उर्जा केन्द्र निर्माण भएको छ । यो कार्यविधिको अभावले कार्यसम्पन्न भैसकेर पनि सञ्चालनमाआएको थिएन ।

प्रतिवेदनको वस्तुगत निष्कर्ष

उपरोक्त बस तथाभ्यान कोषको सम्पति भैसकेकोले कोषले पर्यटक यातायात सेवाइकाई गठन गरी गठीत इकाईबाट सञ्चालनगर्ने कार्यविधि सहितको प्रस्ताव गरेको छ । प्रतिवेदनमा बिद्युतिय सार्वजनिक यातायातको भाडा दररेट, भ्यानहरुको बुकिंग प्रणाली र भाडा दर कायम गरी प्रस्तावगरिएको छ जुन यातायातव्यवस्था विभागले तोकेको प्रतिकिलोमिटर भाडा भन्दा केहि प्रतिशत सस्तो हुनेछ। बस तथाभ्यानहरुको अग्रिम र नियमीतबुकिंगलाई डिजिटलाइज्ड गर्नुपर्ने प्रस्तावगरिएको छ ।

प्रस्तावमा लुम्बिनीविकास  कोषको यो कार्यक्रमको ब्राण्ड नाम“धम्मयात्रा” राखिएको छ । धम्मयात्राले बृहत्तर लुम्बिनी क्षेत्रहुँदै दैनिकलुम्बिनी र एयरपोर्ट जोडने रुट अनुमतिको प्रस्ताव गरेको छ । प्रतिवेदनले इकाई गठन संगै स्टाफहरु चालकहरु करार गर्ने प्रस्ताव गरेको छ भने ३ चरणका कार्ययोजना अघि सारेको छ । जसमाअफिसियल परिक्षण ५ दिन, घटस्थापनाबाट परिक्षण सञ्चालन २महिना सम्म र त्यसपछिऔपचारिक सञ्चालन गरी ३ वटा चरण प्रस्ताव गरेको छ ।कार्यदलले आजै नेपाल बिद्युत प्राधिकरण केन्द्रिय कार्यलय रत्नपार्कमा प्राधिकरणका बैकल्पिक उर्जा विभाग, बिद्युतिय बस तथाभ्यान सप्लायर कम्पनिसिमेक्स प्रालि, सौर्य उर्जा केन्द्र निर्माण कम्पनिइशाका संग बैठक गर्री घटस्थापना अघि नै प्राविधिपक्षचुस्तबनाउने प्रतिवद्धता लिएको छ ।