गैडहवामा गिद्ध संरक्षण सम्बन्धी सचेतनामुलक अन्तरक्रिया कार्यक्रम

प्रकाशित मिति:

कञ्चन/रुपनदेहीको गैडहवामा १३ औं अन्तराष्ट्रिय गिद्ध संरक्षण दिवसको अवसरमा गिद्ध संरक्षण सम्बन्धी सचेतनामुलक अन्तरक्रिया कार्यक्रम गरिएको छ। अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरुले गिद्ध संरक्षणको औचित्य अझै बढदै गइरहेको बताएका छन।

अन्तरक्रिया कार्यक्रममा सहभागी हुदै गैडहवा गाउपालिका वडा नं। ४ का वडा अध्यक्ष सुरेन्द्रसिंह कुर्मीले हरेक दिन विश्व वातावरण प्रदुषण हुदै गइरहेको सन्दर्भमा स्वस्थ वातावरण कायम राख्न गिद्धहरुको भुमिका महत्वपुर्ण हुने भएकोले गिद्ध संरक्षणको औचित्य अझै बढेको बताउनु भयो। गैडहवा गाउपालिकाका प्रवक्ता समेत रहनु भएका सिंहले पर्यापर्यटनको दृष्टिले शान्तीका अग्रदुत गौतमुुबद्धको जन्मस्थल लुम्बिनीसंग रुपन्देहीकै ठूलो ताल गैडहवाताललाई दक्षिण एशियाकै दोश्रो जटायु रेष्टुरेण्टले जोड्न सके गैडहवाको पर्यटन बिकास हुने बिश्वास ब्यक्त गर्नु भयो।

नेपाल पंक्षी संरक्षण संघ, काठमाणडौ लाजिम्पाटका गिद्ध संरक्षण परियोजना अधिकृत भुपाल नेपालीले बिश्वबाटै लोप हुदै गइरहेको गिद्धको संरक्षणमा स्थानीय तहले अपनत्व नलिएसम्म सम्भव नहुने बताउनु भयो। प्रकृतिका कुचिकार समेत रहेको गिद्धको संरक्षणले प्राकृतिक सन्तुलन कायम राख्न सहयोग गर्ने बताउदै परियोजना अधिकृत नेपालीले गिद्ध संरक्षणको मुख्य आधार भनेको बिरामी पशु चौपायाको उपचारमा प्रयोग गरिने डाइक्लोफेनेक नामक औषधीको निषेध र व्यबस्थित जटायु रेष्टुरेण्ट निर्माण गरी सुरक्षित आहारा९सिनो०को व्यबस्था गर्नु रहेको बताउनु भयो। परियोजना अधिकृत नेपालीले सन २००९मा थाइल्याण्डमा भएको बिश्वका पंक्षी संरक्षण विदको भेला सेप्टेम्वर महिनाको पहिलो शनिवारलाई गिद्ध संरक्षण दिवसको रुपमा मनाउने निर्णय बमोजिम आज बिश्वभर गिद्ध सरक्षण सम्बन्धी छलफल, अन्तरक्रिया लगायतका कार्यक्रमहरु भइरहेको समेत जानकारी गराउनु भयो।

जटायु रेष्टुरेण्ट संचालक समिति गैडहवाको आयोजना, गैडहवाताल सामुदायिक बन उपभोक्ता समूह र ब्राइट दीक्षा ईंगलिस बोर्डिंग स्कुलको समन्वय तथा नेपाल पंक्षी संरक्षण संघ, काठमाण्डौको सहयोगमा संचालित अन्तरक्रिया कार्यक्रममा जटायु रेष्टुरेण्ट संचालक समिति गैडहवका संस्थापक अध्यक्ष बावुराम मल्ल, शिक्षा प्रेमी तथा गैडाताल खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष ईश्वरी अधिकारी,गैडहवा गाउपालिका वडा नं। ४ का वडा सदस्य तुल बहादुर बि।क। लगायत स्थानीयहरुले गिछ संरक्षणका लागि स्थापना गरिएको गैडहवामा जटायु रेष्टुरेण्टको दिगो बिकास र व्यबस्थापनका लागि स्थानीय तहले आवस्यक बजेटको बन्दोबस्त गरिनु पर्नेमा जोड दिनु भएको थियो।

पशु उपचारमा डाइक्लोफ्नेकको प्रयोग बन्द गरौंलोपोन्मुख गिद्ध संरक्षणमा सहकार्य गरौं भन्ने नारा सहित गैडहवा गाउपालिका वडा नं ४ मा रहेको गैडहवाताल सामुदायिक बन उपभोक्ता समूहको बनक्षेत्र स्थापना गरिएको जटायु रेष्टुरेण्टको २०६५ साल असार ३१ गते स्थापना गरिएको थियो। लुम्बिनीमा आउने स्वदेशी तथा बिदेशी पर्यटकहरु गैडहवाताल र सो ठाउमा स्थापना गरिएको जटायु रेष्टुरेण्टमा गिद्ध अवलोकन गर्न आउने गरेतापनि रेष्टुरेण्टको स्थानीय सरकारको बेवास्ताका कारण व्यवस्थित नहुदा त्यस क्षेत्रमा गिद्ध देखिन छाडेको स्थानीय नेत्र बहादुर सुवेदीले गुनासो गरेका छन। देशभरीको गणना अनुसार गैडहवा जटायु रेष्टुरेण्टमा सुरक्षित आहारा भएको दिन ५ सय देखि ६ सय सम्म गिद्धहरु आउने गरेको नेपाल पंक्षी संरक्षण संघले जनाएको छ।अहिले नवलपरासीको पिठौली, रुपन्देहीको गैडहवा,दांगको लालमटिया गरी देशको ७ स्थानमा गिद्ध संरक्षणका लागि जटायू रेष्टुरेण्ट संचालन गरिएको छ।