नेकपा एमाले रुपन्देही क्षेत्र नं। ५बाट प्रतिनीधि सभाका लागि खिमलाल भट्टराईको नाम सर्ब सम्मत
कञ्चन/नेकपा एमाले रुपन्देही क्षेत्र नं। ५ को बिस्तारित बैठक आइतवार सम्पन्न भएको छ। बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनीधि सभा र प्रदेश सभाको चुनावका लागि उमेद्वारको नाम छनौट गरेको छ।नेकपा एमालेका रुपन्देही जिल्ला सदस्य भरचमणी सापकोटाले दिनु भएको जानकारी अनुसार रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागी खिमलाल भटराईको एकल नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको छ। नेकपा एमाले रुपन्देही क्षेत्र नं। ५ को कमिटिको आइतवार भएको बिस्तारित बैठकले पार्टीका केन्द्रिय सदस्य तथा राष्ट्रिय सभा सदस्य समेत रहनु भएका भटराईको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो।
यस्तै आजै बसेको लुम्बिनी प्रदेश सभा सदस्यका क्षेत्र नं। ५ ९क०बाट प्रत्यक्ष तर्फ उमेद्वारका लागि भुमिश्वर ढकालको नाम सर्बसम्मत रुपमा सिफारिस गरेको छ। पार्टीका केन्द्रिय सदस्य तथा रुपन्देही इन्चार्ज समेत रहनु भएका ढकाल लुम्बिनी प्रदेश सभामा नेकपा एमालेको संसदीय दलका प्रमुख सचेतक हुनुहुन्छ। यसैगरी प्रदेश ख का लागि भने सर्बसम्मत हुन नसके पछि बैठकले ३ जनाको नाम सिफारिस गरेको नेकपा एमाले रुपन्देही क्षेत्र नं। ५ का क्षेत्रिय कमिटी सचिव भरतमणी सापकोटाले जानकारी दिनु भयो।सचिव सापकोटाका अनुसार रुपन्देही क्षेत्र नं। ५९ख बाट प्रदेश सभा सदस्य प्रत्यक्ष तर्फ हजरत बेलाल फकिर फकिर राजु लुम्बिनी , रामचन्द्र यादव गैडहवा र गोविन्द ज्ञवाली लुम्बिनी को नाम उमेद्वारको रुपमा सिफारिस गरिएको छ।क्षेत्रिय कमिटीका अध्यक्ष जीवनाथ पाण्डेको अध्यक्षता तथा सचिव भरतमणी सापकोटाको सञ्चालनमा भएको बिस्तारित बैठक सिद्धार्थ रिसोर्ट गैडहवामा भएको थियो।












