बुटवल, ३० भदौ । आशिष सामाजिक सेवा नेपालको १६ औं वार्षिक साधारणसभा बिहीबार बुटवलमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कल्पना सेञ्चुरीका अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशकी सांसद दीपा विकको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि विकले बोल्दै सरकारले गर्ने काम एउटा संस्थाले गरेको भन्दै प्रशंसा गरी सरकारलाई सहयोग गरेको बताईन् । कार्यक्रममा संविधानसभा सदस्य विनोद पहाडी, नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य चिन्ता परियार, बुटवल वडा नं. २ का जनप्रतिनिधि गंगाा घिमिरे, नारी जागरणकी देवी जोशीलगायतले बोल्दै संस्थाले चेलीबेटी बेचबिखन तथा महिला हिंसा विरुद्धको अभियानमा निरन्तर लागेको बताए ।
संस्थाका फाइनान्स अफिसर शर्मिला विकले आयव्यय तथा प्रगति विवरण र आगामी वर्षको अनुमानित बजेट प्रस्तुत गरी सर्वसम्मतले पारित गरेको थियो । संस्थाका संस्थापक युवराज विकको धन्यवाद ज्ञापनमा भएको कार्यक्रमको सञ्चालन फाइनान्स अफिसर शर्मिला विकले गरेकी थिईन ।आशिष सामाजिक सेवा नेपाल विंस. २०६३ सालमा स्थापना भएको संस्था हो । हाल लुम्बिनी प्रदेशका ५ जिल्लामा रहेर यसले चेलीबेटी बेचबिखन तथा महिला हिंसा विरुद्धको अभियानमा रहेर काम गर्दै आएको छ ।












