आयोजक शान्ति नमुना जिल्ला स्तरीय फुटवलको फाइनलमा

प्रकाशित मिति:

तिलोत्तमा, असोज ९ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको स्पोट्स क्लवको आयोजनामा जारी जिल्ला स्तरीय फुटवल प्रतियोगितामा आयोजक टिम फाइनलमा पुगेको छ ।

रुपन्देही जिल्लाका विभिन्न विद्यालयमा कार्यरत शिक्षक कर्मचारी बीच आयोजित प्रतियोगितामा आज आइतबार भएको पहिलो सेमिफाइनल खेलमा अक्सफोर्ड मा.वि. लाई ४–० को गोल अन्तरले हराउँदै शान्ति नमुना फाइनलमा पुग्न सफल भएको हो ।
शान्ति नमुनाको जीतका लागि उत्सव गुरुङले २ गोल गरे भने शेखर पौडेल र पदम चौधरीले १–१ गोलको योगदान गरेको प्रतियोगिताका संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।

प्रतियोगिताको फाइनल खेल असोज १० गते दिउसो २ बजे हुनेछ । प्रतियोगिताका विजेता र उपविजेतालाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने आयोजक शान्ति स्पोट्स क्लवका अध्यक्ष राजेन्द्र के.सी.ले बताउनुभयो ।