सियारीमा अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा प्रदान

प्रकाशित मिति:

रूपन्देहीको सियारी गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई न्यानाे कपडा प्रदान गरेको छ । अपाङ्गता भएका व्यक्तिलाई सम्मान गर्ने उदेश्यले ३०० जनालाई सम्मान गरेको महिला बिकास शाखा प्रमुख शान्ता पाैडेलले जानकारी दिइन। उनले अपाङ्गता भएका व्यक्तिले सहज रुपमा काम गरी आर्थिक उपार्जन गर्न नसक्ने हुँदा उनीहरुलाइ वडा कार्यालयमा पुगेर न्यानाे कपडा प्रदान गरिएकाे बताइन । पुस माघकाे चिसाे र शितलहरबाट बचाउनका लागि नागरिक सम्मान कार्यक्रम राखिएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । उनले सहजै काम गर्न नसक्ने हुँदा सियारीले अपाङ्गता भएका नागरिकलाई सम्मान स्वरूप न्यानो कपडा (बलाङ्केट) प्रदान गरिएको बताए ।

गाउँपालिकाले सियारी बडा नम्बर २,३,४,५,६,७ का ३०० नागरिकलाई वडा अध्यक्षहरुकाे उपस्थितीमा सम्नमान स्वरूप बलाङ्केट प्रदान गरिएको र यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने उपाध्यक्ष तारा थारूले जानकारी दिईन् । पालिकाले बडा नम्बर २ मा ५०, ३ मा २५, ४,५ र ६ मा १२० र ७ मा ४५ गरि ३०० जनालाई प्रदान गरिएको प्रमुख प्रशाशकिय अधिकृत राेमनाथ न्याैपानेले जानकारी दिए। बडा नम्बर १ मा भाेली ११ बजे बितरण गरिने पालिकाले जनाएको छ। पालिकाले यस अघि सियारी ५ का जेष्ठ नागरिकलाई पनि न्यानो कपडा प्रदान गरेको थियाे ।