इमरान खान, कपिलवस्तु
देशव्यापी रुपमा मनाईदै आएको दाईजो विरुद्धको अभियान कपिलवस्तुको महराजगंज नगरपालिका को मुजहना गाउमा ईस्लामी संघ नेपालले एक कार्यक्रम गरी सम्पन्न गरेको छ । हाजी ईलीयास फलाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथी महराजगंज नगरपालिका का मेयर अब्दुल कलाम खानले गाउंबाट शुरु भएको अभियानले नगर, जिलला गर्दै देशभरि नै सफलता प्राप्त गरोस् भनी शुभकामा व्यक्त गर्नुभयो ।सोही अवसरमा बिशिष्ट अतिथी शिवराज नगर पालिका का मेयर नेत्रराज अधिकारीले “नया मुल्की ऐन“ को बारेमा सबै लाई जानकारी दिएर दाईजो लिने र दिने दुबै पक्ष लाई चेतना भएमा यो कार्य रोकिने बताए । गरे ।कार्यक्रममा संघीय समाजवादी फोरम नेपाल प्रदेश नं ५ का प्रवक्ता अकरम पठान, ईस्लामी संघ नेपाल प्रदेश नं ५ का अध्यक्ष ताहिर महमूद खान, इण्डो नेपाल सामाजिक मंचका प्रवक्ता राहुल मोदनवाल, जाफर खान, इमरान खान, अमित शुक्ल, संजय यादव, शिवलाल यादव, मौलाना रजिउद्दीन तथा संचालक लगायत छात्र, छात्रा, एवम् अभिभावक सहित प्रहरी र पत्रकारहरुको पनि उपस्थिती रहेको थियोे ।












