रुपन्देही/ अर्घाखाँची ठुलापोखरा सम्पर्क समाज बुटवल रुपन्देहीको बार्हौ बार्षिक साधारणसभा बुटवलमा सम्पन्न भएको छ । अर्घाखाचीको छात्रदेब गाउपालिका साबिक ठुलापोखरा गाबिस वाट बिभिन्न पेसा व्यावसायको सिलसिलामा बुटवल र यस आसपासमा बसोवास गर्ने व्यक्तिहरुको साझा संस्थाको रुपमा स्थापित सस्थाको आइतवार एक भब्य समारोहका बीच साधारण सभा तथा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
बार्हौ साधारण सभाको अवसरमा समाजले बिभिन्न विधामा सम्मान समेत गरेको छ ।कार्यक्रममा पुर्खा स्मरण नामक पुस्तकका लेखक नारायण भट्टराई लाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस्तै देबराज ढुनाकाला स्मृति अक्ष्यकोश बाट छत्रदेब–६, को श्री नेरामाबीले संचालन गरेको सुस्त श्रावण छात्रावास ,लाई नगद रु एघार हजार सहित प्रसंसा पत्र प्रदान गरिएको थियो ।समाजले हरेक वर्ष एसइइ परिक्षामा उत्कृस्ट अंक प्राप्त गर्ने छात्र छात्राहरुलाई कृष्णप्रसाद पाण्डे अक्षयकोष, १०ं२ मा उत्कृस्ट अंक प्राप्त गर्ने छात्र छात्रालाई ढकलाल बन्जाडे अक्षयकोष र अपांगता भएका एक जनालाई पिताम्बर–लक्ष्मी अक्षयकोष वाट सम्मान गर्ने गरेको छ । ।यो वर्ष एसइइ परिक्षामा उत्कृस्ट अंक प्राप्त गर्ने छात्रा श्रद्दा भट्टराई र छात्र जीवन भट्टराई साथै १०ं२ मा छात्रा आस्था पाण्डे र छात्र शिशिर बन्जाडे र अपाङ्गता पुरस्कार बाट मधुसुधन पौडेल सम्मानित भएका छन । त्यस्तै समाजले हेरक वर्ष साधारणसभामा सारीरिक रुपमा अपाङ्गता भएका पुर्व सिक्षक कृष्णप्रसाद पौडेलको नाममा स्थापना गरेको राहतकोष वाट सहयोग गर्दै आएको छ ।
साधारणसभा र ७३औ प्रजातन्त्र दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४६ युनिट रगत संकलन भएको थियो भने लायन्स क्लब अफ बुटवल मुक्तिनाथ र बुटवल देउरालीको सहयोगमा आयोजित निसुल्क मधुमेह परिक्षण सिविरमा १९८ जनाले मधुमेह परिक्षण गराएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले समाजले गरेका सेवा कार्यको प्रसंसा गर्दै संस्थाको भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरेका थिए । त्यस्तै बिशिष्ठ अतिथि छत्रदेब–६ का वडा अध्यक्ष कमल पौडेलले आफ्नो पेशा, व्यवसाय र कर्मका कारण गाउँ भन्दा बाहिर बसेता पनि आफ्नो मातृभूमि प्रतिको अटुट स्नेह र प्रेमले रहेको भन्दै आपसी सहकार्यमा गाउको बिकाशमा लाग्ने बताएका थिए ।साधारण सभामा अध्यक्ष नेत्रप्रसाद पाण्डे र कोषाध्यक्ष लक्ष्मण रेग्मीले प्रस्तुत गरेका अध्यक्ष र कोशाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित भएको थियो ।
समाजका अध्यक्ष नेत्रप्रसाद पाण्डेको अध्यक्षता ,कार्यक्रम संयोज सुरेशचन्द्र भट्टाराईको स्वागत,उपाध्यक्ष टिकाराम बन्जाडेको धन्यवाद तथा सचिब रिखिराम भट्टराईको संचालनमा सम्पन्न कर्यक्रममा रक्तदान संयोजक कृष्णप्रसाद पाण्डे, नारायण भट्टराई,निवर्तमान अध्यक्ष गणेसप्रसाद भट्टराई, बरिष्ठ उपाध्यक्ष ज्ञानप्रसाद पौडेल,पुर्व अध्यक्ष् भोजराज पाण्डे,रामनाथ पाण्डे, लगायतले बोलेका थिए ।समाजमा हाल २०१ आजीवन सदस्य , एक मानार्थ सदस्य र ४५ जना साधारण सदस्य रहेका छन ।












