फागुन १ गते ‘जनयुद्ध दिवस’ नभई ‘हिंसा दिवस’ हो, त्यसलाई स्विकारिन्न :ओली

प्रकाशित मिति:

काठमाडौं, फागुन  : सत्तारूढ प्रमुख घटक नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’ नभई ‘हिंसा दिवस’ भएको बताएका छन्। आज (बिहीबार) आफ्नै जन्मदिनको अवसर पारेर बालकोटस्थित निवासमा आयोजित ‘विश्वशान्ति प्रार्थना’ पुस्तककाे विमोचन कार्यक्रममा बोल्दै उनले फागुन १ लाई सरकारले राष्ट्रिय दिवसका रूपमा मनाउने निर्णय गर्नु दुःखद भएको बताए।

सरकारको यो निर्णयबाट मुलुकमा अझै पनि हिंसाको मानसिकता र हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिन्छ,’ माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित गर्दै उनले भने, ‘हिंसाको बाटो छाडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि हिंसाको महिमामण्डन गर्नुपर्‍यो? त्यस्तो कार्यलाई सही भन्न सकिन्न। हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनाएको अहिलेको सरकारले त्यसलाई अबदेखि राष्ट्रिय दिवस मनाउने भनेर क्यालेन्डरमा समेत राख्ने निर्णय गर्नु दुःखद भएको उनको भनाइ थियो। हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुट्नु सही नभएको उनले बताए।अध्यक्ष ओलीले नेपाल हिंसाको पक्षमा हुन नसक्ने उल्लेख गरे। ‘नेपाली जनतालाई परस्परमा लडाउने कुरा हिजो पनि स्वीकार गर्न सकिँदैन, आज पनि स्किारिँदैन र भोलि पनि त्यो सम्भव छैन,’ उनले भने।