शान्तिमा तिलोत्तमा नगरस्तरीय भलिवल प्रतियोगिता हुने

प्रकाशित मिति:

तिलोत्तमा, फागुन १९ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको आयोजना तथा तिलोत्तमा नगरपालिकाको आर्थिक सहयोगमा नगर स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । तिलोत्तमा नगरपालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत छात्र तथा छात्राहरुबीच प्रतियोगिता हुन लागेको हो ।
फागुन २० गतेदेखि शुरु हुने प्रतियोगितामा १२ विद्यालयको सहभागिता रहने छ । प्रतियोगिता मार्फत नगर भित्रका विद्यालयहरुबीच सद्भाव र आत्मीयता बढाउने उद्धेश्य प्रतियोगिता राखिएको विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले बताउनुभयो ।
नगरस्तरीय प्रतियोगिताले नगरभित्रका विद्यायहरुबीच सहकार्यको भावनामा बृद्धि हुने अपेक्षा सहित विद्यार्थीहरुबाट उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्धेश्यका साथ तिलोत्तमा नगरपालिकाले सहकार्य गरेको नगर प्रमुख रामकृष्ण खाँणले बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुनेले नगद रु. ३० हजार, द्वितीय हुने समुहले २० हजार र तृतीय हुने २ समुहले १० हजार सहित मेडल र ट्रफि प्राप्त गर्ने प्रतियोगिताका संयोजक राजेन्द्र के.सी.ले बताउनुभयो ।
फागुन २० गते हुने उद्घाटन खेल छात्रातर्फ आयोजक शान्ति नमुना र सेन्ट जोसेफ बोर्डिङ् स्कुलबीच हुने प्रतियोगिताका सञ्चार संयोजक दिनेश खड्काले जानकारी दिनुभयो । यस्तै छात्रातर्फ दोस्रो खेलमा सिद्धार्थ इङ्गलिश बोर्डिङ् स्कुल र न्यू इन्भाइरमन्ट बोर्डिङ् स्कुलबीच हुनेछ भने अर्को खेलमा गिर्वाण मा.वि. र नवज्योति बोर्डिङ् स्कूल आमने सामने हुनेछन्। कुवँरवर्ती बोर्डिङ् स्कुलले भने बाई प्राप्त गरेको छ ।
यस्तै छात्रतर्फ पहिलो खेल गिवार्ण मा.वि. र जनता मा.वि.बीच हुनेछ भने दोस्रो खेल शंकरनगर दुर्गादत्त मा.वि.र जनज्योति मा.वि.बीच हुनेछ ।
त्यस्तै अर्को खेलमा पशुपति मा.वि. विरुद्ध नमुना मा.वि. र न्यू इन्भाइरमेन्ट विरुद्ध नव ज्योति बोर्डिङ् स्कुल आमने सामने हुनेछन् ।
छात्रतर्फ आयोजक शान्ति नमुना मा.वि., कुँवरवर्ती बोर्डिङ् स्कुल, सिद्धार्थ बोर्डिङ् स्कुल र सेन्ट जोसेफ बोर्डिङ् स्कुलले बाई प्राप्त गरेका छन् ।