कञ्चनमा निःशुल्क आँखा तथा सुगर परिक्षण, ६ सय भन्दा बढीले सेवा लिए

प्रकाशित मिति:

चैत्र, कञ्चन- लायन्स क्लव अफ कञ्चन तथा लेडि लायन्सको संयुक्त आयोजनामा रुपन्देहीको कञ्चनमा निःशुल्क आँखा तथा सुगर परिक्षण कार्यक्रम सम्पन्न भएको छ। स्थानीय शान्ती दिप आमा समूह, कञ्चन ३, झारगैरा, रुपन्देहीको समेत सहकार्य रहेको कार्यक्रममा ६ सय भन्दा बढी सेवाग्राहीले सेवा लिएका छन।रुपन्देहीको कञ्चन ३, झारगैरा स्थित राधाकृष्ण मन्दिर परिसरमा भएको शिविरमा ७८ जना मोति विन्दुको शल्याकृया गर्नु पर्ने बिरामी रहेको कार्यक्रम संयोजक तथा लायनस कलव अफ कञ्चनका निवर्तमान अध्यक्ष शसीधर सापकोटाले जानकारी दिनु भएको छ। बुटवल लायन्स आँखा अस्पतालको प्राविधिक सहयोग सञ्चालन भएको कार्यक्रममा २९६ जनाले निःशुल्क रुपमा सुगर परिक्षण गरेका थिए। आँखामा रहेको मोती विन्दुको निःशुल्क शल्यक्रिया गरिदिने लायन्स क्लव अफ कञ्चनका अध्यक्ष मोहन सुनारले जानकारी दिनु भएको छ।

निःशुल्क आँखा तथा सुगर परिक्षण कार्यक्रमको शुभारम्भ गर्दै कञ्चन गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष टीकाराम सापकोटाले हरेक व्यक्तिले बर्षमा एक पटक नियमित रुपमा आँखाको जांच गर्नु सबैभन्दा राम्रो हुने बताउनु भयो। मधुमेहका कारण पनि आँखाको दृष्टिमा असर पार्ने भएकोले समय समयमा मधुमेहको परिक्षण गर्नु पर्ने सेमत वडा अध्यक्ष सापकोटाले उल्लेख गर्नु भयो।लायन्स क्लव अफ कञ्चनका अध्इक्ष मोहन सुनारको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा लेडि लायन्स क्लव अफ कञ्चनका अध्यक्ष सिता सुनारले स्वागत गर्नु भएको थियो ।कञ्चन गाउापालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद गौतम, वडा नं. १ का वडा अध्यक्ष हरिनारायण थारु, कार्यपालिका सदस्य सुकमाया दर्जी लगायत जनप्रतिनीधि समेतको उपस्थिति रहेको कार्यक्रममा भने क्लवका सचिव लेखनाथ आचार्यले कार्यक्रम संचालन गर्नु भएको थियो।