हरैया बहुमुखी क्याम्पसमा सभापति सहित ६ जना अखिलको संयुक्त प्यानल विजयी, नेविसंघका दुइजना सदस्य विजयी

प्रकाशित मिति:

चैत्र, कञ्चन/जगी लाल थाप-रुपन्देहीको कञ्चन गाँउपालिका ३ हरैयामा रहेको हरैया बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सभापति सहित संयुक्त प्यानलका ६ जना र नेविसंघका दुइजना सदस्य विजयी भएका छन। निर्वाचन अधिकृत रामजी आचार्यका अनुसार नेकपा एमाले सम्बद्ध अनेरास्ववियु, जनमत विद्यार्थी संघ, लोकतान्त्रिक विद्यार्थी संघको संयुक्त प्यानलबाट सभापति पदमा २२२ मत ल्याएर प्रदिप शर्मा बिजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिष्पर्धी नेविसंघका सुनिल रानाले १९९ मत प्राप्त गरी हार ब्योहोर्नुभएको छ । यस्तै संंयुक्त प्यानलकै अनिलकुमार गुप्ता सचिव पदमा २२० मत ल्याएर बिजयी हुदाँ उहाँका प्रतिष्पर्धी नेविसंघका रुपेशु कमार यादवले १९९ मत प्राप्त गर्नुभएको छ । संयुक्त प्यानलबाटै कोषाध्यक्षमा जिवनकुमार धवलले २२१ मत ल्याई बिजयी हुनभएको छ भने नेविसंघकी रेखा प्रजापतीले २०८ मत प्राप्त गरी पराजित हुनुभएको छ ।

यस्तै सदस्य पदमा भने मिश्रीत परिणाम आएको छ । सदस्यमा संयुक्त प्यानलबाट सुभम शर्मा २२९, अविनाश क्षेत्री २३२ र निशा कुवरले २२० मत ल्याएर बिजयी हुनभएको छ भने नेविसंघका नेविसंघका ईरफान चुरियारले मत ल्याएर २२० र समिर क्षेत्रीले २३६ मत प्राप्त गरी बिजयी हुनु भएको छ । नेविसंघका खमबहादुर घर्तीमगर २०७, प्रियंका केसी २०७, सुनिता विक २०९ ल्याएर पराजित भएका छन । यता संयुक्त प्यानलका दिपेन्द्र यादव २१४ प्राप्त गरी पराजित हुनु भएको छ।संयुक्त प्यानलका अभय कुमार धवलले सदस्यमा दिएको उम्मेद्वारी फिर्ता लिएपछि ७ जनाको मात्रै उम्मेद्वारी रहेको थियो । यस्तै प्रगतीशिल विद्यार्थी संगठनबाट सभापतिमा उम्मेद्वारी दिएकी माया थापाको १२ मत आएको छ भने सचिव पदकी मनिसा आचार्यको १५ मत आएको छ ।जम्मा ५१६ जना विध्यार्थी मतदाता रहेकामा ४४८ अर्थात ८६.८२ प्रतिशत मत खसेको थियो। विहान ७ बजेबाट सुरु भएको मतदानमा ३०४ महिला र १४४ पुरुष गरि ४४८ जनाले मतदान गरेका थिए ।

समानुपातिक मत परिणाम पनि सार्वजनिक-रुपन्देहीको कञ्चनमा रहेको एकमात्र क्याम्पस हरैया बहुमुखी क्याम्पसमा आज भएको स्वतन्त्र बिधार्थी युनियन निर्वाचन अन्तर्गत सामनुपातिक तर्फको मत परिणाम सार्वजनिक भएको छ।हरैया बहुमुखी क्याम्पस भएको स्ववियु निर्वाचनमा समानुपातिक मत परिणाम अनुसार नकपा एमाले सम्बद्ध अनेरास्ववियु, जनमत बिधार्थी संघ र लोकतान्त्रिक बिधार्थी संघ(संयुक्र प्यानल)ले २१७ मत प्राप्त गरेको छ भने नेपाल बिधार्थी संघले २०६ मत प्राप्त गरेको निर्वाचन अधिकृत रामजी आचार्यले जानकारी दिनु भएको छ। यस्तै प्रगतीशिल बिधार्थी संगठनले २० मत प्राप्त गरेको छ।जम्मा १५ सदस्यिय स्ववियुृका लागि भएको निर्वाचनमा सभापति, सचिव र कोषाध्यक्ष सहित ५ जना सदस्य गरी ८ जना प्रत्यक्षबाट निर्वाचित भएका छन भने बांकी ७ जना सदस्य बिधार्थी संगठनहरुले प्राप्त गरेको मतको आधारमा पाउने विजयी हुने छन। प्रत्यक्ष र समानुपातिक सदस्यहरुबाट एक जना उपसभापति र एक जना सहसचिवको टुंगो लाग्ने निर्वाचन अधिकृत आचार्यले जानकारी दिनु भएको छ। ५१६ मतदाता रहेको सो क्याम्पसमा समानुपातिक तर्फ पनि ४४८ मत खसेको थियो । निर्वाचन शान्तीपुर्ण रुपमा सम्पन्न भएको थियो।