सुरेश छन्त्याल- पाण्डबखानी स्वास्थ चौकिमा स्वास्थ संस्था संचालन व्यवस्थापन समिति,स्वस्थकर्मी तथा सामुदायिक स्वस्थ स्वयमसेविकाहरुका लागि १ दिने कार्यक्रमको समता पहुँच सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । त्यस्तै सोहि कार्यक्रमविच समुदाय स्वास्थ प्राप्ताङ्ग बोर्ड अजकद तथा गुणस्तरीय स्वास्थका लागि आफ्नै पहल कबतज सम्बन्धि अभिमुखिकरण कार्यक्रम पनि सम्पन्न भएको छ । कार्यक्रममा नगर स्वास्थ शाखा गलकोटका प्रमुख सुशील पौड्याल र ग्रामिण स्वास्थ सुधार परियोजनाका दथअ बागलुङका सुपर भाइजर रामेश्वर शाहले व्यवस्थापन समिति, स्वास्थकर्मि, स्वास्थ्य स्वयमसेविका र स्थानीय बुद्धिजीवीहरुको भुमिका, चुनौती र समधानका विषयमा प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको संचालन सामाजिक परिचालिका अन्जना छन्त्यालको संचालनमा सम्पन्न भएको थियो।












