शिव सरोवरमा तारवार गर्न उपभोक्ता समिति गठन

प्रकाशित मिति:

विमल योगी-दाङ, जेठ । दाङको प्रशिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव मन्दिर धारपानीमा रहेको शिव सरोवर ड्यामको तारवारका लागि उपभोक्ता समिति गठन गरिएको छ । घोराही उप–महानगरपालिकाले चालु आ.व.२०७९÷०८० का लागि तारवार गर्न बिनियोजन गरेको तीन लाख ८२ हजार सात सय रुपैयाको योजना सफल बनाउन सात सदस्सीय उपभोक्ता समिति गठन गरिएको हो । समितिको अध्यक्षमा गणेश कुमार अधिकारी,सचिवमा मधुमालती अधिकारी,कोषाध्यक्षमा बोधिलाल शर्मा,सदस्यहरुमा धनपती शर्मा,सरस्वती खत्री,यज्ञसरी चन्द र रेव बहादुर बुढाथोकी रहनुभएको छ ।

यस्तै उक्त योजनाको अनुगमनका लागि वडा नम्वर ५ का वडा अध्यक्ष विवेक बुढाथोकी संयोजक तथा वडा नम्वर ६ का अध्यक्ष तथा मन्दिरका सचिव विष्णुराम आचार्य र निम बहादुर चौधरी सदस्य रहेको अनुगमन समितिका गठन गरेको मन्दिरका लेखा तथा प्रशासन शाखा प्रमुख नरेश पौडेलले जानकारी दिनुभएको छ । ११ बिगाह क्षेत्रफलमा फैलिएको उक्त शिव सरोवरमा अवलोकनका लागि जाने भक्तजनहरुको सुरक्षाका लागि तारवार गर्न लागिएको हो । अहिले करिव ४ विगाह क्षेत्रफलमा पानी रहेको सरोवरको बाहिरी सडका लागि ढाई बिगाह,सरोवरभित्रको आइल्याण्डका लागी ढाई बिगाह र पार्कका लागि ढाई बिगाह जग्गा छुट्याइएको छ ।