सामुदायिक वन महासंघ दाङको घुम्ति बैठक महत्वपुर्ण निर्णय गर्दै सम्पन्न

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली-असार २, ईमिलिया-सामुदायिक वन महासंघ नेपाल जिल्ला कार्य समिति दाङको ईमिलीयामा आयोजित घुम्ती बैठक महत्वपुर्ण निर्णय गर्दै सम्पन्न भएको छ ।जिल्ला कार्य समिति दाङका अध्यक्ष हरि प्रसाद भुसालको अध्यक्षतामा बसेको बैठकले वन समुहले सुशासनका लागि गर्नुपर्ने नियमित कामलाई तदारुकताका साथ समयमै सम्पन्न गर्न अनुरोध गर्दै स्थानिय वन महासंघका अध्यक्ष मार्फत प्रस्तुत गरिएको पछिल्लो अवस्थालाइृ मध्यनजर गर्दै वन समुहका काम, कर्तब्य र अधिकारको पुर्ण रुपले पालना गराउन लागि पर्ने निर्णय गरेको छ ।

बैठकमा पुर्ण अध्यक्षहरुलाई सल्लाहकारको रुपमा मनोनित गर्दै जिल्ला सदस्य तथा प्रबक्ता समेत चयन गरिएको छ ।लमहि नगरपालिका अन्तरगत पश्चिमको अमिलिया वन समुहको कार्यालयमा बसेको घुम्ति बैठकले वन समुहलाई महासंघमा आबद्ध रहन नविकरण्को लागि अनुरोध गरेको छ । वर्षाको समय आउन लागेकोले धेरै भन्दा धेरै बोट विरुवा रापण गर्न वन समुहलाई आब्हान गर्दै वन समुहहरुको कार्ययोजना नविकरणमा सहयोगका लागि डिभिजन वन कार्यालयहरुलाई अनुरोध गरिएको छ ।बैठकले वन महासंघको विभिन्न तहमा भएको अधिबेशनमा दाङको तर्फवाट निर्वाचित पदाधिकारीहरुलाइृ बधाई ज्ञापन गर्दै वन बातावरण संरक्षणको क्षेत्रमा लागि पर्न सबैमा अनुरोध गरिएको छ ।