सिम्ता गाउँपालिकाको प्राथमिकता पुर्वाधार र फलफूल खेती

प्रकाशित मिति:

सुर्खेत – पुर्वी सुर्खेतमा रहेको सिम्ता गाउँपालिकाले नयाँ आर्थिक वर्षका लागि बजेट ल्याएको छ ।सिम्ता गाउँपालिका सुर्खेतको गाउँसभा १३ औं अधिवेशनलेकुल बजेट ५८,१७,७०,७०,३५०विनियोजन गरेको छ । विनियोजित बजेटको चालु तर्फ रू ३९,८९,०४,३५० र पुँजीगततर्फ रु। १८,१७,६६,०००र( छुट्याइएको छ ।गाउँसभा १३ औं अधिवेशन गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दको अध्यक्षतामा उद्घाटन भएको छ ।

उपाध्यक्ष गोमा शर्मा  रेग्मी ले विनियोजित बजेट प्रस्तुत गरेकी छिन् ।सभामा विभिन्न विषयगत समितिका संयोजकहरूले आ(आफ्नो समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । गाउँ सभाको संचालन सभाका सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले गरेका छन् ।सिम्ता गाउँपालिकाले यस वर्ष गौरवका आयोजनाहरु शहिद ऋषिस्मृति चक्रपथमा २ करोड र शहिद ईन्द्र विसी द्रुतमार्गमा २ करोड विनियोजन गर्दै विशेष प्राथमिकतामा राखेको छ । गाउँपालिकाले वृहत फलफूल खेति कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ ।