लुम्बिनी प्रदेशसभामा प्रमुख प्रतिपक्ष एमालेकाे नाराबाजी पछि संसद बैठक स्थगित
सन्ताेषकुमार गुप्ता, भालुवाङ (दाङ) १७ असार ।लुम्बिनी प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका छन् । असार १३ गते आह्वान गरिएको बैठकमा बजेटको विषयमा आपत्ति जनाउँदै बिरोध गरेपछि बैठक अघि बढ्न सकेको थिएन । त्यसपछि अवरुद्ध संसद् बैठक आइतबारको लागि आह्वान गरिएको थियो ।एमालेले सरकारले लिखित जवाफ नदिँदासम्म बैठक चल्न नदिने अडान लिएको छ। सांसदहरु रोष्टम अगाडि उभिएर नाराबाजी गर्दै विरोध जनाएका थिए।
अर्थमन्त्री धनबहादुर मास्कीले सदनमा आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफलको प्रस्ताव पेश गरेका छन् । मन्त्री मास्की बोल्दै गर्दा एमाले सांसदहरु रोष्ट्रम घेराउ गर्न पुगेका थिए ।अवरोधका कारण आइतबारको लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ । बैठक पुन: भाेली सोमबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको सभामुख तुलाराम घर्तीले जानकारी दिनु भएकाे छ ।












