विभाविजत हुँदा नोक्सान हुन्छ, त्यसैले कम्युनिस्ट एकताको प्रयास जारी राख्नुपर्छ- माधवकुमार नेपाल
काठमाडौं, साउन- नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट पार्टीहरुलाई एक ठाउँमा ल्याउने प्रयास जारी राख्नु पर्ने बताएका छन्।नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवसका अवसरमा आइतबार कीर्तिपुरमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले विभाजित हुँदा नोक्सान हुने बताउँदै एकताको प्रयास जारी राख्नु पर्ने बताए।कम्यनिस्ट पार्टीहरु आफ्ना–आफ्ना पसल थापेर बसेका छन् ।
आ–आफ्नै पाराले चलिरहेका छन् । सबैलाई एक ठाउँमा ल्याउन जरुरी छ उनले भने, ‘मिल्नसक्ने, सहकार्य गर्न सक्नेहरुबीच सहकार्य र एकता गरेर अघि बढ्नुपर्छ।कम्युनिस्टलाई जति मिलाउन सक्यो त्यत्ति धेरै शक्ति आर्जन गर्न सकिने अध्यक्ष नेपालले बताए । उनले कम्युनिस्टहरु जति धेरै विभाजित हुन्छन् त्यत्ति धेरै नोक्सान हुने जनाए।अध्यक्ष नेपालले कम्युनिस्ट आन्दोलनको एकता, एकताबद्ध बनाउनको निम्ति आफ्नो तर्फबाट प्रयत्न हुने बताए।












