अत्यावश्यकबाहेकका सेवा बन्द गरि शोक व्यक्त

प्रकाशित मिति:

बुटवल उपमहानगरपालिकाका पूर्व उपप्रमुख रामप्रसाद खनालको निधनमा बुटवल उपमहानगरपालिकाले आईतबार अत्यावश्यकबाहेकका सेवा बन्द गरि शोक व्यक्त गरेको छ।८३ वर्षीय खनालको बुटवलको तिनाउ अस्पतालमा उपचारका क्रममा आइतबार बिहान साढे २ बजे निधन भएको थियो। आईतबार दिउँसो शोक सभा गर्दै बुटवल उपमहानगरपालिकाले आईतबार दिउँसो १ बजेदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरि शोक व्यक्त गरेको हो।शोकसभाका क्रममा नगरप्रमुख खेलराज पाण्डेयले पूर्व उपप्रमुख खनालको निधनले बुटवलले एक सादगी नेता गुमाएको भन्दै दुख व्यक्त गर्नुभयो।