सुरेश छन्त्याल, गलकोट- गलकोट नगरपालिका १० पाण्डबखानीको वडा कार्यालयमा नेपाल सरकारले प्रदान गर्दै आइरहेको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहिहरुको परिचयपत्र नविकरण कार्यलाइ तिव्रता दिएको छ। साउन १ गते देखि सुचारु भएको कार्य भदौ मसान्तसम्म संचालन हुने वडा अध्यक्ष भक्तबहादर काउचाले जानकारी दिनु भयो। जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, एकल महिला, अपांग, बालबालिका र पुर्ण अपांग गरि आजसम्म ११४ लाभग्राहिहरुको नविकरण गरिएको र भदौ मसान्तसम्म नविकरण गर्न छुटेमा लाभग्राहिहरुले आ।व। ८०र८१ मा पाउने सामाजिक सुरक्षा भत्ता नपाउने सचिव ठाकुर तिमिल्सिनाले जानकारी दिनु भएको छ । भोलि ग्लोबल बैंक गलकोट द्धारा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जानकारी प्राप्त भएको छ।












