सिँचाई विभागमा ताला लगाउन गएका ४५ निर्माण व्यवसायी प्रहरी नियन्त्रणमा

प्रकाशित मिति:

काठमाडौं, साउन – सिँचाई विभागको कार्यालयमा ताला लगाउन गएका निर्माण व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले त्यहाँबाट नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालसहित ४५ जना बढीलाई प्रहरीले पक्राउ गरेको छ। समयमा भुक्तानी नपाएको र भुक्तानीको म्याद थप गर्नुपर्ने लगायतका विभिन्न नौ बुँदे माग राखेर आन्दोलन गर्दै आएका निर्माण व्यवसायीहरु आज कार्यालय समयमा ललितपुर स्थित सिँचाई विभागको कार्यालयमा ताला लगाउन पुगेका थिए।

निर्माण व्यवसायीलार्य पक्राउ गरेर प्रहरीले बल प्रयोग गरेर ताल खोलेको महासंघका अध्यक्ष रवि सिंहले बताए।हामीले नौं बुँदे माग राखेर कार्यालयमा ताला लगाएका थियौं। प्रहरीले बल प्रयोग गरेर ताला खोलेसँगै हाम्रो महासचिव सहित ४५ जना भन्दा बढी व्यवसायी साथीहरुलाई पक्राउ गरेको छ,’ सिंहले भने।पक्राउ परेका निर्माण व्यवसायीलाई जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको छ ्