मन्त्री अनितादेवीले लिइन् सपथ

प्रकाशित मिति:

काठमाडौं, साउन – जनमत पार्टीबाट मन्त्री बनेकी अनितादेवी साहले सपथ लिएकी छिन्। संघीय मामिला तथा सामान्य प्रशासन बनेकी साहलाई सोमबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गराए।शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना लगायत सहभागी थिए ।प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नै पार्टीका अमनलाल मोदीलाई मन्त्रीबाट हराउँदै साहलाई मन्त्री बनाएका हुन्।एमालेसँग मिनेर दाहाल प्रधानमन्त्रीबन्दा जनमत पार्टी पनि सरकारमा सहभागी थियो। तर, पछि पुरानै चुनावी गठबन्ध ब्यूँताइपछि विस्तार भएको मन्त्रिपरिषदमा आफूले रोजेको मन्त्रालय नपाएपछि जमनत सरकारबाट बाहिरिएको थियो।