अखिल नेपाल युवक संघ धनचौरको अध्यक्षमा बिष्णु प्रसाद भट्टराई निर्वाचित

प्रकाशित मिति:

गोपाल प्रसाद भट्टराई, भाद्र–४,अर्घाखाँची- अखिल नेपाल युवक संघ भुमिकास्थान–१० धनचौरको अध्यक्षमा बिष्णु प्रसाद भट्टराई निर्वाचित हुनुभएको छ । आइतबार धनचौरमा सम्पन्न भएको वार्ड स्तरीय भेलाले जिल्ला सदस्य समेत रहनुभएका अध्यक्ष भट्टराईको नेतृत्वमा ११ सदस्यीय वार्ड समिति गठन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा तुलसा वि.क.,सचिवमा मधु रेग्मी,सह–सचिवमा बाबुराम गैरे र कोषाध्यक्षमा विना मगर चयन हुनुभएको छ । मधु गैरेको अध्यक्षता,मधु रेग्मीको स्वागत मन्तव्य र बिष्णु प्रसाद भट्टराईको संचालनमा सम्पन्न भेलाबाट गठित समितिको सदस्यहरुमा लक्ष्मण बुढा, सन्तोष गैरे,माधव भट्टराई,बिष्णु वि.क. र कृष्ण नेपाली छनौंट हुनुभएको छ । १ सदस्य रिक्त राखिएको भेलाले भिमलाल भुसाल,तारापती गैरे,मिना पुन,मधु गैरे,मिना भट्टराई र गुमानसिंह पुनलाई सल्लाहकारमा छनौंट गरेको छ ।भेलालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका अध्यक्ष थम्मन के.सी.ले नेपालमा युवालाई भाडाको खेताला बनाइएको आरोप लगाउनुभएको छ । बेरोजगार उत्पादन गर्ने शिक्षा, विदेश पलायन बनाउने राज्यको निति र राजनितिमा भ¥याङ्ग बनाएर युवाशक्तिको दुरुपयोग गर्ने प्रवृति रहेकोले युवाहरु सचेत हुनुपर्ने उहाँको जिकिर छ । अध्यक्ष के.सी.ले देशको राष्ट्रियता, स्वतन्त्रता, स्वाधिनता र गणतन्त्रको रक्षाका लागि युवाहरुले राजनीति बुझ्नुपर्ने खाँचो औल्याउनुभएको छ ।

कार्यक्रममा अखिल छैठौंका केन्द्रिय सल्लाहकार गोपाल प्रसाद भट्टराई, अखिल नेपाल युवक संघ जिल्ला अध्यक्ष रेसम वि.क. र राजमो भुमिकास्थान नगर सदस्य तथा धनचौरका सचिव भिमलाल भुसालले पनि सम्बोधन गर्नुभएको थियो । सम्बोधन गर्दै उहाँहरुले राजनीतिलाई समाजसेवा भन्दा पनि कमाई गर्ने साधन बनाउँदा देश संकटमा परेकोले यसको भण्डाफोर गर्न युवाहरु एक जुट हुन आम युवाहरुलाई अपिल गर्नुभएको छ । सत्तासंग राष्ट्रियता साट्ने राजनीतिक प्रवृतिका बिरुद्ध सम्झौताहिन संघर्ष गर्नु अहिलेको आवस्यकता भएको उहाँहरुको भनाई छ ।