गौहत्याको विरोधमा बुटवलमा शान्ति र्‍याली

प्रकाशित मिति:

भदौ १६- गौहत्याको विरोधमा बुटवलमा शनिवार शान्ति याली निकालिएको छ।ॐ कार परिवारको अगुवाइमा वृहद शान्ति र्‍याली निकालिएको हो। राजमार्ग चौराहाबाट निस्केको शान्ति र्‍यालीमा सहभागीहरुले गौहत्या बन्द गर, हिन्दु राष्ट्र कायम गर भन्ने नारा लगाउदै नगर परिक्रमा गरेका थिए।

नगर परिक्रमा पछि र्‍याली ट्राफिक चोकमा पुगेर सभामा परिणत भएको थियो। सभामा बोल्ने वक्ताहरुले गौहत्याका कारण धर्मनिरपेक्षताको नाममा हिन्दु समाजलाई अपमानित गर्ने काम भएको बताए ।सभामा बोल्दै विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष जनार्दन न्यौपानेले गौहत्या बन्द गर्न र देशलाई हिन्दु राष्ट्र कायम गर्न माग गरे।