वडाध्यक्ष रिजालको मृत्यु निमोनियाबाट

प्रकाशित मिति:

काठमाडौं, भदौ २१ – काठमाडौं महानगरपालिका वडानम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको मृत्यु भाइरल निमोनियाबाट भएको ग्रान्डी अस्पतालले जनाएको छ।रिजालको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आज बिहान ७ः३० बजे निधन भएको थियो। दुवै फोक्सोमा भाइरल निमोनिया भएपछि भदौ १७ गतेबाट रिजाललाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको अस्पतालले विज्ञप्ति मार्फत जनाएको छ।रिजालको उपचारमा संलग्न चिकित्सकका अनुसार भाइरल संक्रमणका कारण जटिलता बढ्दै जाँदा उनको निधन भएको हो। जटिलता बढेर मिर्गौलामा पनि असर पुगेपछि हिजो नै उनको डायलसिस पनि गरिएको थियो।

चिकित्सकका अनुसार उनलाई कुन प्रकारको भाइरसको संक्रमण भएको हो भन्ने यकिन भने हुन सकेन।चिकित्सकका अनुसार बुधबार दिउँसो स्वास्थ्यमा केही सुधार भएको जस्तो देखिए पनि बेलुकासम्ममा फेरि जटिलता बढ्न सुरु गरेर रक्तचापलाई सामान्य बनाउनकै लागि कठिन भएको थियो ।कांग्रेसबाट उम्मेदवार बनेका रिजाल गत स्थानीय तह निर्वाचनमा एमालेका लक्ष्मीरत्न तुलाधरलाई हराउँदै वडाध्यक्षमा विजयी भएका थिए । काठमाडौं क्षेत्र नम्बर९७ का सभापतिसमेत रहेका रिजाल दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका थिए ।