यमलाल भुसाल,बुटवल, २३ भदौ- रुपन्देहीको तिलोत्तमा ४ मा रहेको जेष्ठ नागरिक मिलन केन्द्र शनिवार देखि सञ्चालनमा आएको छ । प्रतिनिधी सभाकी उपसभामुख ईन्दीरा राना मगरले शनिवार जेष्ठ नागरिक मिलन केन्द्रको शुभारम्भ गर्नु भएको हो । उपसभामुख मगरले यस्ता मिलन केन्द्रले जेष्ठ नागरिकलाई सहज हुुने बताउनु भयो् । मिलन केन्द्र तेस्रो साधारण सभा तथा प्रथम अधिवेशनको शुभ अवसरमा २५ जना जेष्ठ नागरिकलाई स्वास्थ्य शिविरमा स्वागत गरि जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा ल्याइएको केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेले बताउनु भयोे । ७० वर्ष उमेर पुगेका तिलोत्तमा र बुटवल नगरपालिका भित्रका जेष्ठ नागरिकलाई मात्र मिलन केन्द्रमा राख्ने व्यवस्था मिलाईएको छ । केन्द्र सञ्चालनका लागि ५ करोडको अक्ष्यकोष बनाउने लक्ष्य भएपनि अहिलेसम्म अक्ष्यकोषमा जम्मा १२ लाख ५० हजार संकलन भएको छ । केन्द्र सञ्चालनका लागि मासिक ४ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
सोही अवसरमा मिलन केन्द्रले जेष्ठ नागरिकलाई लक्षीत गरी निशुल्क बृहत्त स्वास्थ्य शिविरमा ५ सय बढीले सेवा लिएका थिए । शिविरमा सहभागी ज्येष्ठ सददस्य हिराबहादुर भलामीको स्वास्थ्य परीक्षण गर्दै शिविरको शुभारम्भ गरिएको थियो । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले जेष्ठ नागरिकवाट धेरै कुराहरुको अनुसरण गरि त्यसलाई व्यवहारमा लागु गर्न जरुरी रहेको बताउनु भयो । कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य चिन्तामणी पाण्डे, गुल्मेली संम्र्पक समाजका अध्यक्ष नारायण पन्थ, संस्थापक अध्यक्ष हिरा बहादुर भलामी जेष्ठ नागरिक मिलन केन्द्रकी उपाध्यक्ष ओमी पुन लगायतले समाजले निमार्ण गरेको श्रृगेश्वर धाम परिसरमा संचालन गरिएका परियोजनाको वारेमा प्रकाश पार्नु भएको थियो । सोही समारोहमा जेष्ठ नागरिक मिलन केन्द्रका सोचकर्ता स्वगीय खेम पुनको शालिकको अनावरण समेत गरिएको थियो ।












