धार्मिक तथा पर्यटकीय क्षेत्र केलादीघाट

प्रकाशित मिति:

अमृत पाण्डेय– नेपाल धार्मिक तथा पर्यटकीय विविधतासहितको क्षेत्र हो । यहाँ धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र छन् । कति धार्मिक तथा पर्यटकीय स्थल चर्चामा आएको पाइन्छ भने कुनै महत्वपूर्ण हुँदा हुँदै पनि छायाँमा परेको पाइन्छ । तीमध्ये पर्छ स्याङ्जाको चापाकोट नगरपालिका–६ केलादीघाट । धार्मिक तथा पर्यटकीय क्षेत्र घुम्न मन पराउने म विभिन्न धार्मिक क्षेत्रको भ्रमण गर्ने क्रममा चापाकोटमा रहेको केलादीघाटमा पुगेको थिएँ । मित्रहरू हरि अधिकारी, प्रमोदबाबु पोखरेल र बामन पौडेलसँग केलादीघाट पुग्दा मलाई लाग्यो, ‘केलादीघाट जस्तो महत्वपूर्ण मठमन्दिर, पुरातात्विक महत्व र ऐतिहासिक सम्पदा साँच्चै चर्चामा छैन ।’ केलादीघाटको प्राकृतिक सुन्दरता त आफैमा महत्वपूर्ण छ, जुन प्रकृति जोगाएको छ तर त्योभन्दा महत्वपूर्ण ऐतिहासिक सम्पदाको रूपमा रहेका मन्दिर घुम्ने क्रममा केलादीघाटको ढिकमा रहेको मन्दिरले मेरो ध्यान खिँच्यो, त्यो मन्दिर निकै पूरानो मन्दिर रहेछ । मन्दिर बनाउन प्रयोग भएका इट्टा कलात्मक र फरक किसिमका छन् । मन्दिर केही चर्किएको छ ।

७७ वर्षीय स्थानीय बुवा केदारनाथ पौडेलका अनुसार गोरखाका वस्तीले त्यसठाउँमा मन्दिर निर्माण गरेको उहाँले पनि बुवाले भनेको सुनेको हामीसँग बताउनुभयो । केलादीघाटमा डुंगा थियो डुंगा तर्ने बेला ‘म भर्ति हुन पाउँ’ भनेर गोरखाका वस्तीले भनेको र भर्ति भएपछि त्यहाँ आएर मन्दिर बनाएको भन्ने भनाइ रहेको छ । मन्दिर कति पूरानो हो एकिन छैन तर स्थानीय पाका पुस्ताले त्यस अगाडिका पाका पुस्ताभन्दा पनि अगाडिको इतिहास यस मन्दिरसँग जोडिएको छ भन्दा साँच्चै कौतुहल र जिज्ञासु बनायो । चापाकोटका ७७ वर्षीय बुवा केदारनाथ पौडेलले मन्दिरको बारेमा उहाँका बुवाबाट सुन्नुभएको बताउनुभयो । राधाकृष्ण मन्दिर बनेको १०० वर्ष भन्दा धेरै भएको अनुमान सहजै लगाउन सकिन्छ । सय वर्षभन्दा पूरानो भएपनि यसतर्फ पुरातात्विक विभागको ध्यान गएको भने देखिएन ।

मन्दिरको गाउँ केलादीघाट- चापाकोट नगरपालिका–६ मा रहेको केलादीघाटमा ऐतिहासिक तथा पुरातात्विक मन्दिर रहेका छन् । केलादीघाट स्नानकालागि पनि प्रसिद्ध छ । स्थानीयका अनुसार धेरै पहिला त्यहाँ माघे संक्रान्तीमा नदी किनारमा ठूलो मेला लाग्ने गर्दथ्यो । एक महिनासम्म भजन गाउने, ध्यान जप र कालीगण्डकी नदी स्नान गर्न आउनेको भीड नै हुने गर्दथ्यो । केलादीघाटमा केलादीघाट राधा दामोदर मन्दिर रहेको छ भने केही तल विष्णुको बहान गरुडको चर्तुभुज मन्दिर रहेको छ । त्यो मन्दिरमा एउटै ढुंगामा कुदेको गरुडको मुर्ति रहेको छ । केलादीघाटको ढिकमा यही बेलाको हो भन्ने एकिन नभएपनी निकै पूरानो मन्दिर रहेको छ ।

७७ वर्षीय स्थानीय बुवा केदारनाथ पौडेलका अनुसार गोरखाका वस्तीले त्यसठाउँमा मन्दिर निर्माण गरेको उहाँले पनि बुवाले भनेको सुनेको हामीसँग बताउनुभयो । केलादीघाटमा डुंगा थियो डुंगा तर्ने बेला ‘म भर्ति हुन पाउँ’ भनेर गोरखाका वस्तीले भनेको र भर्ति भएपछि त्यहाँ आएर मन्दिर बनाएको भन्ने भनाइ रहेको छ । गोरखाबाट उनीहरूका नातीहरू अहिले पनि त्यसठाउँमा आउने गरेका छन् । केलादीघाटमा २०१३ सालमा स्थापना भएको राधादामोदर मन्दिर रहेको छ ।  सार्वभौमचार्य युगीन तपस्वी भगवतशरण देवाचार्यले निम्मार्गीहरूको धामका रूपमा यो मन्दिर निर्माण गर्नुभएको थियो । देशभरीका निम्वार्गीहरूको केन्द्रीय कार्यालय पनि त्यही स्थानमा रहेको छ । महाराजश्रीले निम्मार्ग वैष्णव आदर्शको माध्यमबाट नेपाल भरी वैदिक सनातन धर्मको संरक्षण प्रवद्र्धन गर्ने अभिप्रायः ले यो संस्थाको स्थापना गर्नुभएको नेपाल निमार्ग पिठ कार्यसमिति अध्यक्ष लेखनाथ वस्ताकोटीले बताउनुहुन्छ । धर्मका नाममा देखिने गरेको बिसंगतिलाई निराकरण गर्दै आध्यात्मिक तथा धार्मिक माध्यमवाट नैतिक सन्देश दिएर सु–संस्कृत समाजको रचना गर्ने र निम्मार्ग दर्शनको माध्यमबाट मन वचन र कर्मले कसैलाई पनि अहित अकल्याण नगर्ने उद्देश्यका साथ महाराजजीले संस्थाको स्थापना गर्नुभएको स्थानीयको भनाइ छ ।

महाराजजी केलादीघाटमा आएर साधना गर्नुअघि चापाकोटको रामघाटमा प्रणकुटीहरू स्थापना गरेरकेही समय ध्यानमा बस्नु भएको थियो । केलादीघाट उत्तरबाहिनी क्षेत्र पनि हो । त्यसठाउँमा स्नान गर्नाले पुन्य कमान्छ भन्ने जन विश्वास रहेको छ । प्राकृतिक रूपमा रमोरम त्यसक्षेत्रमा दामोदर भगवानको मन्दिरसँगै वृद्ध आश्र्रम पनि रहेको छ । महाराजजीले त्यसठाउँमा २०१७ सालदेखि गुरुकुल शिक्षाको शुरुवात गर्नु भएको थियो । त्यससँगै राधादामोदर विद्यापिठ पनि सञ्चालनमा रहेको छ । २०१७ सालदेखि चलिरहेको अखण्ड हवनकुण्ड अहिले पनि चलिरहेको छ । मन्दिर परिसरमा गौशाला पनि सञ्चालनमा रहेको छ भने राधादामोदर आरोग्य आश्रम सञ्चालनमा छ । केलादीघाटमा आउने भक्तजनका लागि बस्ने आश्रम पनि सञ्चालनमा रहेको छ । यो संस्थाका संस्थापक महाराजजी २०३६ सालमा परमधाम हुनुभएको थियो । उहाँको परमधामपछि उहाँकै नातीपर्ने तपस्याबाट सिद्ध प्राप्त गर्नुभएका गोपालशरण देवाचार्य महाराज मन्दिरको पिठाधिश रहनुभएको छ ।